PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : तेक्वान्दो र करातेमा विभागीय टोलीको वर्चस्व, आइतवार के-के भए?



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : तेक्वान्दो र करातेमा विभागीय टोलीको वर्चस्व, आइतवार के-के भए?

बाँके : प्रदेश पाँचमा भइरहेको आठौँ राष्ट्रिय खेलकुदको १२औँ दिनसम्मको खेलहरु सकिएको छ। आइतबार भएको तेक्वान्दोको स्पर्धामा अन्य खेलमा जस्तै विभागीय टिमकै दबदबा कायम रहेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा आइतबार स्पाईरिंग बिधामा ८ स्वर्ण पदकको टुंगो लागेको छ। जसमा नेपाली सेनाले ४, नेपाल पुलिस र एपिएफले २-२ स्वर्ण जितेका छन्।

पुरुष ६३ केजि मुनिमा नेपाल पुलिसका बिर बहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामांगले रजत र प्रदेश २ का जेकी यादब र कर्णाली प्रदेशका दिपक शाहीले काश्य जितेका छन्। त्यसै गरी पुरुषकै ७४ केजि तौल मुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले काश्य प्राप्त गरेका छन्।

पुरुष ८७ केजि तौल मुनि नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदुरपश्चिम प्रदेशका ओमजंग सिंह र प्रदेश २ का अमित कुमार सिंहले काश्य पदक जितेका छन्। त्यस्तै पुरुषकै ८० केजि तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, एपिएफका सक्षम कार्किले रजत र नेपाल पुलिसका किरण सितेकु र  प्रदेश ३का बिष्णु तामाङले काश्य पदक प्राप्त गरेका छन्।

त्यस्तैगरी महिला तर्फ ५७ केजि तैल समूह मुनि एपिएफकी गिता बिष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३की सुस्मिता मोक्तान र प्रदेश २ की सुभेक्षा राईले काश्य पदक जितेका छन्।

त्यस्सै गरी महिलाकै ६२ केजि तौल मुनि एपिएफकी संगिता बश्यालले स्वर्ण, प्रदेश २ की सिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्कि र नेपाल पुलिसकी कंचन थापाले काश्य पदक जितेका छन्।

६७ केजि मुनि तर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण,  पुलिसकी सिता तामांगले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गरबुजाले काश्य पदक प्राप्त गरेका छन्।

त्यसै गरी महिलाकै ७३ केजि तौल मुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्किले रजत, र कर्णाली प्रदेशकी ईला केसी एबं नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले काश्य पदक जितेका छन्।

भैरहवास्थित ब्याडमिन्टन कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको स्पाईरींग बिधाका बाँकी खेलहरु र समापन सोमबार हुनेछ।

 

 

खो खो

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा एपीएफले प्रदेश १ लाई ९–७, आर्मीले गण्डकीलाई १७–१३ र प्रदेश २ ले प्रदेश ३ लाई १५–११ ले परजित गरे। महिलामा आर्मीले एपीएफलाई १५–४ तथा प्रदेश ५ ले प्रदेश १ लाई २१–२ ले हराए।

 

सेपाकताक्रो : आर्मीलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला डबल्समा आर्मीले स्वर्ण जितेको छ। सोममाया थापा र सुमित्रा डंगोलको आर्मी जोडीले प्रदेश ३ का स्वस्तिका श्रेष्ठ र उषा महर्जनको जोडीलाई २१–२ र २१–१२ को सोझो सेटमा पराजित गरे। गण्डकीले तेश्रो स्थानमा चित्त बुझायो।

बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा आर्मीले प्रदेश ३ लाई २१–७ र २१–१० तथा प्रदेश ३ ले गण्डकीलाई २१–१६ र २२–२० को सीधा सेटमा हराउँदै फाइनल भेट पक्का गरे। आइतबारै तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ ले गण्डकीलाई २–१ ले पन्छायो। पुरुष डबल्सको फाइनल सोमबार हुनेछ।

 

ह्यान्डबल : सेमिफाइनल समीकरण पूरा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण पूरा भएको छ। पुरुषमा एपीएफको भेट अर्को विभागीय टोली आर्मीसंग हुनेछ भने प्रदेश ३ ले प्रदेश १ को सामना गर्नेछ। महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ।

पुरुषको समूह चरणको खेलमा एपीएफले प्रदेश २ लाई ३३–९, प्रदेश ३ ले प्रदेश १ लाई २३–२०, गण्डकीले प्रदेश ५ लाई ४२–१२ र आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४३–१० ले पराजित गरे।

त्यसैगरी महिलामा प्रदेश १ ले प्रदेश ७ लाई २४–४, एपीएफले प्रदेश २ लाई ३९–४, प्रदेश ३ ले प्रदेश ५ लाई ७–६ र आर्मीले गण्डकीलाई ३०–७ ले हराए। सेमिफाइनल सोमबार बिहान ७ बजेदेखि सुरु हुनेछ।

 

सुटिङ

सुटिङ्ग जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङ्ग प्रतियोगिता आइतबार पनि जारी रह्यो। प्रतियोगिता अन्तर्गत एयर राइफल र एयर पिस्तोल तर्फ २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको आइतबार भएको दोस्रो दिनको खेलमा एयर राइफल महिला तर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबै भन्दा बढी अंक प्राप्त गरेकी छिन्। ६ सय पूर्णाङ्कको प्रतियोगितामा फुलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदिप खातिले जानकारी दिएका छन्। खेलमा नेपाली सेनाकी मिरा बन्जाराले ५५२, प्रदेश २ कि निशा लामाले ५१४, प्रदेश ५ की सपना नेपालीले ५१४, प्रदेश नं. १ की तुला देवी खड्काले ४७७, सुदुरपश्चिम प्रदेशकी निर्मला कुमारी साउदले ४६१, सुदुरपश्चिम प्रदेशकै सपना बोहराले ४६२ र गण्डकी प्रदेशकी करिश्मा बस्नेतले ४५२ अंक प्राप्त गरेको मुख्य प्रतिक्षक खातीले बताए। त्यस्तै, आइतबार भएको खेलमा एयर पिस्तोल महिला तर्फ सबैभन्दा बढी अंक नेपाली सेनाकी सरिता बस्नेतले ५१६ अंक प्राप्त गरेकी छिन्। प्रतियोगितामा नेपाली प्रहरीकी दुर्गा सिन्जालीले ५०७, प्रदेश ३ की रुविना श्रेष्ठले ५०१, प्रदेश ५ की पुष्पा रोकाले ४७१, प्रदेश नं. २ की उषा पोखरेलले ४४५, प्रदेश नं. १ की संगीता राईले ३ सय ६ अंक प्राप्त गरेकी छन्। आइतबार भएको ६ सय पूर्णाङ्कको एयर राईफल पुरुष तर्फ सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलङ्ग गुरुङले प्राप्त गर्न सफल भएका छन्। गुरुङले ५४९ अंक प्राप्त गरेका थिए। प्रतियोगितामा प्रदेश ५ का अर्नभ घिमिरेले ५३८, प्रदेश ३ का कृष्ण घोरासैनीले ५२२ अंक प्राप्त गरेको प्रतियोगिताका मूख्य निर्णायक खातिले जानकारी दिएका छन्। खेलमा प्रदेश नं. १ का युवराज श्रेष्ठले ५१८, नेपाल प्रहरीका राम शरण बईजुले ५०३, प्रदेश २ का सन्तोष शर्माले ४९२, सुदूरपश्चिमका खेलाडीद्वय सुनिल चन्द र आमेस डगौराले क्रमशः ४५४, ४८५ अंक प्राप्त गरेका छन्। ६ सय पूर्णाङ्ककै एयर पिस्तोल पुरुष तर्फ नेपाली सेनाका विष्णु डिस्वा मगरले सर्वाधिक ५२९ अंक प्राप्त गरेका छन्। प्रतियोगितामा प्रदेश ५ का केशव चौधरीले ४८४, सुदूरपश्चिमका रुविन थापाले ४२५ र सुदूरपश्चिमकै रण सिंह बुढाले ३६४ अंक हात पारेका छन्।

 

महिला फुटबल (दाङ)

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको बेलझुण्डीमा मंगलबार देखि सेमिफाइनलका खेल हुने भएका छन्।

फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन्। पहिलो सेमिफाइन खेल विहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउसो २ बजे पछी हुनेछ। यस्तै आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रदेश नं ७ विजयी भएको छ।

 

महिला क्रिकेट (दाङ)

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको लमहीमा सोमबारदेखि सेमिफाइनलका खेल हुने भएका छन्।

फाइनलमा पुग्न एपीएफ र प्रदेश नम्बर २, यसैगरी प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका बीचमा सेमिफाइनल खेल हुने छ । पहिलो खेल एपीएफ, प्रदेश नम्बर २ र दोस्रो खेल प्रदेश नम्बर १ र सुदूरपश्चिमका बीचमा हुने छ। प्रदेश ३ लाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमामा प्रवेश गरेको हो।

टस जितेर व्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो।

सुदुरपश्चिम प्रदेशकी कविता जोशीले अर्धशतक बनाइन्। १२८ रनको लक्ष्य लिएर मैदानमा उत्रीएको प्रदेश नम्बर ३ सबै विकेट गुमाएर १८ ओभरमा जम्मा १०८ रन बनाउन सक्यो।

महिला क्रिकेट प्रतियोगितामा एउटा बिभागीय टिमसहित कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेशगरी ७ टिमले भाग लिएका थिए। फाइनल प्रवेशका लागि सोमबार दुवै सेमिफाइनल खेल हुने छन्। विहान हुने पहिलो खेलमा एपीएफ र प्रदेश २ तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने छन्।

 

कराते

आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङको तुलसीपुरमा जारी कराँते प्रतियोगिता महिला ४२ के.जी. कुमुते तर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन्। त्यस्तै नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे।

त्यस्तै ५० केजी महिला कुमुते तर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन्। त्यस्तै एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते। त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते। त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे।

 

आईटीएफ तेक्वान्दो : सोनीले जितिन स्वर्ण

सोनी खड्काले आठौं राष्ट्रिय खेल अन्तर्गत आईटिएफ तेक्वान्दोको स्पाईरिङमा स्वर्ण जितेकी छिन्। आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाईनलमा हराएकी थिईन्। सोही तौल समूहमा आर्मीकी अप्सना तामाङ र सुदूरपश्चिम प्रदेशकी पुजा शाही सयुक्त काँस्य जिते। पुरुष ४६–५० को स्पाईरिङमा प्रदेश ५ का सुमन मस्यार्दी मगरले स्वर्ण,प्रदेश १ का बिशेष राईले रजत तथा प्रदेश ६ रवि सुनुवार र आर्मीका पूर्ण वहादुर मगर कास्य जिते। पुरुष ५१–५५ को स्पाईरिङमा प्रदेश ३ का अनिल तामाङले स्वर्ण,एपीएफका योगेन्द्र धिमालले रजत र प्रदेश ४ का सागर शम्सेर कुवँर र प्रदेश ५ रोशन आलेले कास्य जिते।

म्हिला दोश्रो डान कालो पेटिको महिला प्याट्रनमा आर्मीकी निस्मा बस्यालले स्वर्ण तथा प्रदेश नम्बर तीनकी स्वेता राइले रजत पदक जिते। त्यस्तै महिला टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा गण्डकी प्रदेशले रजत पदक जिते। स्वर्ण विजेता आर्मी टोलीमा तुलसा राजथला, रुविका खड्का,रिना धिमाल,कल्पना राइ र हिमा खड्का समाबेश थिए।

पुरुष टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा एपीएफले रजत पदक जिते। स्वर्ण विजेता आर्मीको टोलीमा भिम बहादुर तामाङ,लिलाधर बस्नेत, प्रेम बहादुर मगर, पूर्ण बहादुर र भिम बहादुर तामाङ समाबेश थिए।

 

भलिबल : एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन्। सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो। प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४,२५–१२,२५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो।

त्यस्तै गरी, समुह बीमा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो।

पुरुषतर्फ पनि नेपाल पुलिस क्लब र गण्डकी प्रदेश सेमिफाइनलमा प्रबेश गरे। नेपाल आर्मी क्लब भने एक दिन अघि नै  सेमिफाइनल प्रबेश गरेको थियो। आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३,२५–२०,१७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको छ। समुह कको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो। तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ। आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुइलाई २५–१७,२५–२१,२५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ।

 

सफट टेनिस : ३ स्वर्णको टुगो

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत एघारौ राष्ट्रिय सफट टेनिसमा ३ स्वर्णको टुगो लागेको छ । आईतबार भएको पुरुष युगलको फाईनलमा प्रहरीका कमल भण्डारी र नौ बहादुर लुगेलीको जोडीले प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन । खेलमा प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडी रजतमा चित्त बुझाएका छन । प्रदेश नं. ३ का प्रदिप खत्री र वृजेश पाण्डे तथा प्रदेश नं. ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो हुदै कास्य पदक जितेका छन ।

यसैगरि महिला युगलतर्फको खेलमा प्रदेश नं. १ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन । थापा र राईको जोडीले प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई फाईनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफनो नाममा पारे । योसंगै प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरी रजत पदकमा चित्त बुझाए । प्रदेश नं. १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडी तृतिय हुदै कास्य पदकमा चित्त बुझाएका छन ।

यसैगरि मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण हात पारेका छन । राई र स्थापितको जोडीले फाईनलमा प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाईबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन । युकेश योन्जन र जर्जिया चौधरीको जोडी रजत पदकमा चित्त बुझाए । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतिय हुदै कास्य पदक पाएका छन ।

 

पुरुष फुटबल

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देही जारी पुरुष फुटवलमा विभागीय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब अन्तिम चारमा छनौट भएका छन । आईतबार भएको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमाञ्चलसंग बराबरी खेल्दै अंक बाडयो भने नेपाल पुलिसले दोस्रो खेलमा कर्णालीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । योसंगै समूहबाट सुदूरपश्चिमाञ्चल, कर्णाली र प्रदेश २ बाहिरिएका छन ।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलको १५ औ मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीमार्फत खाता खोल्दै खेलमा अग्रता लिएको थियो । गोलको राम्रो अवसरसहित अगाडी बढेका आर्मीका भरत खवासलाई सुदूरपश्चिमाञ्चलका भागिरथ चौधरीले डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । पहिलो हाफ अग्रता लिएको आर्मीले अग्रतालाई कायम राख्न सकेन । खेलको ६७ औ मिनेटमा प्रभुराज जोशीले बराबरी गोल गरेका थिए ।

यसैगरि आइतबार नै भएको दोस्रो खेलमा क्वालिफाई भएको नेपाल पुलिस क्लबले युवा टिमलाई अवसर दिएको थियो । पुलिसका हरि कठायतले गोल गरे । कर्णालीका खगेन्द्र खत्रीले पाच मिनेटमा नै गोल फर्काउदै खेल बराबरीमा ल्याएका थिए । खेलको ६८ औ मिनेटमा पुलिसका क्याप्टेन सुमन सुवेदीले विजयी गोल गरेका थिए । अजित भण्डारीले गरेको कर्नर प्रहारलाई सुवेदीले हेडमार्फत गोल गरेका थिए । सेमीफाईनलका खेलहरु नेपालगंज रंगशालामा हुने छ ।

 

पुरुष फुटबल

बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको ५ नम्बर प्रदेश एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । आइतबार विहान आशिष लामाको ह्याट्रिकसहित एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित ग¥यो । १४, ६३ र ७० मिनेटमा गोल गर्दै लामाले ह्याट्रिक पूरा गरेका थिए । सुदीप सिम्राकारले २४ मिनेटमा एक गोल गरे । चारमध्ये तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश र एपीएफमध्ये को चाहि ग्रुप फस्ट हुन्छ भन्ने कुरा ५ नम्बर प्रदेशको अन्तिम खेलमा निर्भर रहेको छ । ५ नम्बर प्रदेशले अन्तिम खेल ३ नम्बर प्रदेशसँग खेल्दैछ । ३ नम्बर प्रदेशसँग जीत या बराबरी गर्दा नै ५ नम्बर प्रदेश ग्रुप फस्ट हुने ५ नम्बर प्रदेशका प्रशिक्षक सानु तामाङले बताए ।       एक जीत, एक बराबरी खेलेको ३ नम्बर प्रदेश एपीएफसँग पराजय भएसँगै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ । गण्डकीले १ नम्बरलाई ४–० गोलले पराजित गरेको हो । गण्डकीबाट टीकाराज गुरुङले ६ र २१ मिनेट, त्रिदेव गुरुङले ४ मिनेट र विजय श्रेष्ठले २५ मिनेटमा गोल गरेका थिए । खेलमा गण्डकीका टीकाराज गुरुङले ६६ मिनेटमा रेडकार्ड पाएका थिए ।

 

उसु

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको पुरुष छाङ छ्वानमा आर्मीका विजय सिन्जालीले स्वर्ण जितेका छन् । उनले ९.१५ अंक जोडे । प्रदेश ३ का रविन तामाङले रजत तथा एपीएफका कृजो आले मगरले कांस्य जिते ।

सोही स्पर्धाको महिलामा आर्मीकी सुस्मिता तामाङ पहिलो भइन् । सुस्मिताले ८.९५ अंक जोडिन् । प्रदेश १ की पम्फा राई दोश्रो तथा एपीएफकी अस्मिता श्रेष्ठ तेश्रो भए ।


भारोत्तोलनमा एकै दिन १५ कीर्तिमान

हालसम्म सम्पन्न खेलहरु :

टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell