PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ला लिगा : करिम बेन्जामाको ह्याट्रिकमा रियलको सहज जित



पहिलोपोस्ट

ला लिगा : करिम बेन्जामाको ह्याट्रिकमा रियलको सहज जित

करिम बेन्जामाले ह्याट्रिक गरेपछि ला लिगामा रियल मड्रिडले एथ्लेटिक विल्वाओई पराजित गरेको छ।

आइतवार घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले विल्वाओलाई ३-० ले पराजित गरेकव हो।

बेन्जामाले तीन गोल दोस्रो हाफमम गरेका थिए। उनले ४७औँ, ६७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

जितपछि रियलले ३३ खेलबाट ६४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको रियलले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ। समा खेलबाट एट्लेटिको ६८ अंकका साथ दोस्रो स्थानमा छ।

३३ खेलबाट ७७ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell