PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार भोलोडिमायर जेलेनस्की निर्वाचित'  



पहिलोपोस्ट

'युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार भोलोडिमायर जेलेनस्की निर्वाचित'  

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार भोलोडिमायर जेलेनस्की निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा जेलेनस्कीले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै वर्तमान राष्ट्रपति पेट्रो पोरोसेनकोलाई पराजित गरेको बताइएको छ।

युक्रेनी समाचार एजेन्सी युनियनले राष्ट्रिय मत सर्वेक्षण (एक्जिट पोल) मा जेलेनस्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेको उल्लेख गरेको छ। यस्तै पोरोसेनकोले भने २५.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ।

टेलिभिजनमा राष्ट्रपतिको भूमिकामा अभिनय गर्दै आएका जेलेनस्की यसपटक निर्वाचनबाटै राष्ट्रपति नै बन्न सफल भएका हुन्।

आधिकारिक रूपमा अन्तिम मत परिणाम सार्वजनिक हुन केही समय लाग्ने बताइएको छ।

कुनै राजनीतिक अनुभव बिना नै राष्ट्रपति निर्वाचनमा खडा भएका जेलेनस्कीले पहिलो चरणको निर्वाचनमा ३९ जना प्रतिस्पर्धीमध्ये ३०.२६ प्रतिशत मत पाएका थिए। पोरोसेनकोले भने १५.९२ प्रतिशतमात्र मत प्राप्त गरेका थिए।

मत परिणाम सार्वजनिक भएपछि जेलेनस्कीले जनताले परिवर्तन चाहेको भन्दै आजको दिनलाई युक्रेनी जनताको जीतका रूपमा व्याख्या गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell