PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुरुष फुटबल : प्रदेश ५ समूह विजेता बन्दै अन्तिम चारमा, सेमिफाइनल समिकरण पूरा



पहिलोपोस्ट

पुरुष फुटबल : प्रदेश ५ समूह विजेता बन्दै अन्तिम चारमा, सेमिफाइनल समिकरण पूरा

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेश समूह क को विजेता बनेको छ। अन्तिम खेलमा ३ नम्बर प्रदेशसँग बराबरी खेल्दै ५ नम्बर प्रदेश समूह ‘क’को विजेता बनेको हो।

यो समूहबाट यसअघि नै सेमिफाइनलमा पुगिसकेको एपीएफ समूह उपविजेता बनेको छ।

सोमबार विहान भएको ५ नम्बर र ३ नम्बर प्रदेशबीचको खेल २-२ गोलमा टुंगिएको थियो। शुरुवाती अग्रता ३ नम्बर प्रदेशले लिएको थियो। तीन मिनेटमै धिरज तामाङले गोल गरेका थिए। खेललाई बराबरी गर्न ५ नम्बर प्रदेशलाई २९ मिनेट लागेको थियो। ३२ मिनेटमा दिपेन्द्रसिंह ठकुरीले गोल गरेर ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याएका थिए।

३५ मिनेटमा सन्जु सेनले गोल थपेपछि ५ नम्बरले अग्रता बढाएको थियो। खेल सकिन २ मिनेट बाँकी रहदा ७८ मिनेटमा ३ नम्बर प्रदेशका कुशल श्रेष्ठले गरेपछि खेल बराबरीमा टुंगिएको थियो।

५ नम्बर प्रदेशलाई समूह विजेता हुन बराबरी नै काफी थियो। बाँकेमा खेलाइएको समूह क मा ५ नम्बर प्रदेश दश अंकसहित विजेता तथा एपीएफ नौ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्।

रुपन्देहीमा भएको अर्को समूहबाट प्रहरी विजेता र आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्। मंगलबार विहान नेपालगञ्ज रंगशालामा पहिलो सेमिफाइनल खेल ५ नम्बर प्रदेश र नेपाल आर्मीका बीचमा हुनेछ।

 

महिला फुटबल

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको बेलझुण्डीमा मंगलबारदेखि सेमिफाइनलका खेल हुने भएका छन्।

फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन्। पहिलो सेमिफाइन खेल विहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउँसो २ बजे पछी हुनेछ। यस्तै आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रदेश नं ७ विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell