PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गोल्डेन स्विमर गौरिका



पहिलोपोस्ट

गोल्डेन स्विमर गौरिका

बाँके : गौरिका सिहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सहभागिता जनाएकी सबै विधामा गोल्ड मेडल अर्थात स्वर्ण पदक जितेकि छिन्।

प्रदेश ५ मा भइरहेको आठौँ अन्तर्गत अन्तिम दिन गौरिकाले ४ स्वर्ण थप्दै कूल १२ स्वर्ण पदक जितेकी हुन्।

उनी यस संस्करणमा सर्वाधिक गोल्ड जित्ने खेलाडी समेत बनिन्। नेपालगन्जस्थित सिग्नेट होटलको स्विमिङ पुलमा सञ्चालन भएको २२औँ राष्ट्रिय पौडीमा गौरिकाले पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन्। यस्तै तेस्रो दिनले उनले एक टिम इभेन्टसहित ४ स्वर्ण जितिन्।

अन्तिम दिन पनि उनले एक टिभ इभेन्टसहित ४ स्पर्धामा स्वर्ण जितेकी हुन्।

राष्ट्रिय खेलकुदको एकै संस्करणमा सहभागिता जनाएको सबै इभेन्टमा स्वर्ण जित्दै गौरिकाले गोल्डेन छवि कायम गरिन्। बेलायतमा आफ्नो बुबा-आमासँग बस्दै आएकी गौरिकाले विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिध्तव गर्दै आठौँमा सहभागिता जनाएकी हुन्।

गौरिकाले अन्तिम दिन २०० मिटर इन्डिभिजुएल मिड्ने, ५० मिटर फ्रिस्टायल, १०० मिटर ब्याकस्ट्रोक र चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण थपेकी हुन्।

उनले बुधवार प्रतिस्पर्धा गरेको तीनवटै व्यक्तिगत स्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान समेत बनाएकी छिन्। गौरिकाले तीनवटै स्पर्धामा हिट चरणमै कीर्तिमान सुधार गरेकी हुन्।

यस्तै पहिलो दिन गौरिकाले ८०० मिटर फ्रिस्टायल र ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्। ५० मिटर ब्याकस्ट्रोकमा उनले आफ्नै कीर्तिमान सुधार गरेकी हुन्।

यस्तै दोस्रो दिन पनि २ स्वर्ण जितेकी गौरिकाले ४०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टायलमा स्वर्ण थपेकी हुन्। दोस्रो दिन पनि उनले एक कीर्तिमान बनाइन्।

तेस्रो दिन पनि उनले एक कीर्तिमानसहित ४ स्वर्ण जितिन्। १०० मिटर बटरफ्लाई, २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी गौरिकाले ४ गुणा १०० मिड्ले रिले टिम इभेन्टमा स्वर्ण जितेकी हुन्।

 

आठौंमा गौरिकाले स्वर्ण जितेको इभेन्ट र टाइमिङ

८०० मिटर फ्रिस्टायल : ९ मिनेट ३९.२२ सेकेण्ड

५० मिटर ब्याकस्ट्रोक : ३०.८५ सेकेण्ड (कीर्तिमान)

४०० मिटर फ्रिस्टायल : ४ मिनेट ४४.८१ सेकेण्ड

१०० मिटर फ्रिस्टायल : ५९.६२ सेकेण्ड (कीर्तिमान)

२०० मिटर ब्याकस्ट्रोक : २ मिनेट ४१.२५ सेकेण्ड

२०० मिटर फ्रिस्टायल : २ मिनेट ०९.१९ सेकेण्ड

१०० मिटर बटरफ्लाई : १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)

४ गुणा १०० मिटर मिड्ले रिले : ४ मिनेट ५१.८९ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)

२०० मिटर इन्डिभिजुएल मिड्ले रिले : २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)

५० मिटर फ्रिस्टायल : २७.५९ सेकेण्ड (कीर्तिमान)

१०० मिटर ब्याकस्ट्रोक : १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)

४ गुणा १०० मिटर फ्रिस्टायल रिले : ४ मिनेट २१.४१ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell