PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संयुक्त राष्ट्र संघीय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भियतनाम जाने



विधुर ढकाल

संयुक्त राष्ट्र संघीय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भियतनाम जाने
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता दुई पूर्वी एसियाली मुलुकहरुको भ्रमणमा निस्किने भएका छन्।

प्रधानमन्त्री ओली बुद्ध जयन्तीको छेको पारेर भियतनाम र कम्बोडियाको भ्रमणमा जाने तयारी भइरहेको छ। एसियाका दुई वौद्ध धर्मावलम्बी देशहरुको भ्रमणको तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली भियतनाममा आयोजना हुने वौद्ध धर्म सम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन्।

संयुक्त राष्ट्र संघको वुद्ध जयन्ती दिवस (युएन डे अफ वेसक) समारोह यस पटक भियतनामको उत्तरी प्रान्त हा नाममा हुँदै छ। सम्मेलन मे १२–१४ (वैशाख २९–३१)मा हुने छ

सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने छन्। प्रधानमन्त्री ओली पूर्वी एसियाली देशहरुको भ्रमणका लागि वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्ने र जेठ १ गते स्वदेश फर्किने तालिकाका विषयमा छलफल भइरहेको छ।

‘भ्रमण तालिकाको विषयमा छलफल भइरहेको छ। एक दुई दिनमा टुंगो लाग्ने छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘वैशाख २६ गते जाने र जेठ १ गते फर्किने गरी कार्यक्रम बनिरहेको छ। यदि त्यस्तो भए प्रधानमन्त्री कम्बोडिया हुँदै भियतनामबाट फर्किनुहुने छ।’ यसपटक बुद्ध जयन्ती जेठ ४ गते परेको छ। बुद्ध जयन्तीको अवसरमा वर्षेनी लुम्बिनीमासमेत सम्मेलन आयोजना हुँदै आएको छ।

राष्ट्र संघले बुद्ध जयन्तीलाई मान्यता दिएको २० वर्ष पुगको छ। सन् १९९९ मा श्रीलंकाको प्रस्तावमा रिजोलुसन पारित गर्दै यसको सुरुवात भएको थियो। सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो।

अन्तराष्ट्रिय रुपमा यो दिवस थाइल्याण्डले ११ पटक भियतनामले दुई पटक र श्रीलंकाले एक पटक आयोजना गरेका छन्।

भियतनामले यस अगाडि सन् २००८ र २०१४ मा यो सम्मेलन आयोजना गरेको थियो।

गत वर्ष यो सम्मेलन थाइल्याण्डमा भएको थियो। सन् २०१७ मा सम्मेलन श्रीलंकामा भएको थियो। सो सम्मेलनको समापन कार्यक्रममा राष्ट्रपति भण्डारी श्रीलंका गएकी थिइन्

सम्मेलनमा सहभागी हुन भियतनामका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाएका थिए।

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणका क्रममा नेपाल–भियतनाम सिधा हवाई उडान सम्झौताको परिमार्जन तथा कार्यन्वयन सम्बन्धि सम्झौता गर्ने तयारीसमेत भइरहेको छ। नेपाल र भियतनामबीच सन् २०१५ मा सिधा हवाई उडान सम्बन्धी सम्झौता भएको थियो। तर कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै प्रधानमन्त्री ओली कम्बोडियासमेत पुग्ने छन्। सो भ्रमणका क्रममा नेपाल–कम्बोडिया सिधा हवाई उडान सम्झौताको कार्यान्वयनको विषयमा छलफल हुने छ।

नेपाल र कम्बोडियाबीच गत वर्ष सिधा हवाई सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो।

गत मंसिरमा काठमाडौंमा आयोजित एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका कम्बोडियाका प्रधानमन्त्री हु सेन र नेपालका प्रधानमन्त्री ओलीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

दुई देशबीच भएको सम्झौता अनुसार नेपालको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थ र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ।

यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएका थिए।

सोही भ्रमणका क्रममा कम्बोडियाली प्रधानमन्त्री सेनले प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell