PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसियन कप ट्रायथलन शनिबार पोखरामा हुने



पहिलोपोस्ट

एसियन कप ट्रायथलन शनिबार पोखरामा हुने

पोखरा : नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा एसियन कप ट्रायथलन प्रतियोगिता शनिबार हुने भएको छ।

अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्रायथलन अन्तर्गत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने छ।

पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन्।

दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने सबैभन्दा बढि खेलाडीहरु जापानका रहेका छन्। जसमा विश्व वरियतामा ६३औं स्थानमा र क्षेत्रिय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि यस प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्रायथलन युनियनले जनाएको छ।

पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। पुरुष तर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बसन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्ने छन् भने महिलातर्फ सोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने छन्।

नेपाली खेलाडीहरुकाबीच मात्र हुने दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागित रहने छ।

प्रतियोगितामा ट्रायथलन र दुवाथलनतर्फ प्रतिस्पर्धा हुने छ। ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ। दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ। आयोजकले प्रतियोगिताको लागि गौरीघाटदेखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ।

एसियन कपकै दौरान दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप पनि आयोजना गरिने छ। नेपालले यस अघि छैटौँ पटक सम्म दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप आयोजना गरि सकेको छ। नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगिताको स्तरलाई हेरेर अन्तर्राष्ट्रिय महासंघले नेपाललाई एसियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न अन्तराष्ट्रिय ट्रायथलन युनियन (आईटियु) को मान्यता लिनु पर्ने हुन्छ। 'नेपालले दक्षिण एसियमानै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार छैटौं पटक सम्म संचालन गरिसकेको र त्यसको परिणामलाई हेरेर आईटियुले नेपाललाई एशिया कपको आयोजना गर्न दिएको हो' नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए।

नेपालमा ट्रायथलन खेलको विकास र विस्तार गुर्नका साथै यस खेलमार्फत विश्वलाई नेपालको पर्यटकीय गन्तब्यको रुपमा पहिचान गराउने उद्धेश्य रहेको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell