सुर्खेत : सुर्खेतमा भइरहेको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल)को तेश्रो कर्णाली-११ र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ विजयी भका छन्।
कालिन्चोक मैदानमा सम्पन्न पहिलो खेलमा आयोजक टिम कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्यो। समूह ए मा रहेकव कर्णालीको यो लगातार दोस्रो जित हव।
यस्तै दवस्रो खेलमा अनिल शाहको शतक मद्दतमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले हरायो।
पहिलो खेल
प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा कर्णाली मध्य पश्चिमलाई पराजित गरेको हो। कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको थियो। मध्य-पश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिङ गरेपनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।
मध्य-पश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। कसिलो बलिंग गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए।
जितेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले १-१ विकेट लिए।
मध्य-पश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१ , राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।
कर्णाली-११ को लागि कप्तान रबिन्द्र जंग शाहीले नटआउट ६१ रन योगदान दिए। यू-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे। यस्तै कृष्ण कार्कीले आक्रामक इनिंग खेल्दै नटआउट ४६ रन बनाउन मात्र २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लोकेस बमले १७ रन बनाए।
७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।
मध्य-पश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामांग र अजय शाहनीले १/१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए।
दोश्रो खेल
अनिल शाहले शतक बनाएको खेलमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले हरायो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले १०८ रन मात्रै बनाउन सक्यो। महिलायनलाई कम स्कोरमा रोक्न एपीएफका शरद भेषावकरले ४ विकेट लिए। यस्तै भुवन कार्की, पुरन बिक र सन्दिप जोराले २/२ विकेट लिए।
हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए।
त्यसअघि अनिल साहले शतक र शरद भेषावकरले अर्धशत बनाउदा एपीएफले उच्च स्कोर बनाएको थियो।
अनिलले ५८ बल खेल्दै १५ चौका र ३ छक्का प्रहार गरेर १०२ रन बनाए।।
शरदले ५१ रन बनाए जुन क्रममा ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। दुवैले ओपनिङ्ग साझेदारीको रुपमा १५५ रन बनाए। कप्तान प्रदिप ऐरि १२ र शंकर राना १३ रनमा अविजित रहे।
खेलको प्लेयर अफ द म्याच अनिल साह चुनिए।
प्रतियोगिता अन्तर्गत आइतबार २ खेल संचालन हुनेछन्। बिहानको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले तथा दिउसोको खेलमा एपीएफ र न्यु होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।
कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।
दुवै समूहबाट उत्कृस्ट हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।