PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपाल बास्केटबल लिग : साविक विजेता गोल्डेनगेटलाई आर्मीले हरायो, पुलिस टाइम्ससँग पराजित



पहिलोपोस्ट

नेपाल बास्केटबल लिग : साविक विजेता गोल्डेनगेटलाई आर्मीले हरायो, पुलिस टाइम्ससँग पराजित

काठमाडौँ : पिडिसिएनको आयोजनामा आजबाट सुरु भएको दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) मा त्रिभुवन आर्मी र टाइम्स इन्टरनेशनल कलेजले विजयी सुरुवात गरेका छन्।

आर्मीले गत वर्ष फाइनलमा भोगेको पराजयको बदला यस सिजन पहिलो खेलमै लिने क्रममा गोल्डेनगेटलाई उसैको कोर्टमा १०४-६९ को अन्तरले हरायो।

आर्मीले गोल्डेनगेट विरुद्धको चारवटै क्वाटर जित्यो। आर्मीले चार सेट क्रमश: २६-१४ २६-१७, २५-१४, २७-२३ ले आफ्नो पक्षमा पारेको थियो।

खेलमा १७ अंक स्कोर गरेका रामकृष्ण घताने मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

यस्तै दोस्रो खेलमा टाइम्सले पुलिसलाई ९६-६१ को अन्तरमा हरायो। घरेलु कोर्टमा टाइम्सले पुलिसलाई १८-१३ २६-२२, ३०-२०, २२-१६ को स्कोरमा हरायो।

टाइम्सलाई जित दिलाउने क्रममा राष्ट्रिय टिमका कप्तान समेत रहेका सदिश प्रधानले ४२ अंक स्कोर गरे। उनी मोस्ट भ्यालुएबल प्लेअर भए।

एनबीएलमा ८ टोलीको सहभागिता रहेको छ। डबल राउण्ड रोविन लिगमा हुने यस लिगमा कूल ६८ खेल हुनेछ। होम एण्ड अवेका आधारमा खेलहरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell