PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुदूरपश्चिममा पूर्व एमालेका तीन अध्यक्षले स्वीकारेनन् सचिव पद, शपथ बहिस्कार



पहिलोपोस्ट

सुदूरपश्चिममा पूर्व एमालेका तीन अध्यक्षले स्वीकारेनन् सचिव पद, शपथ बहिस्कार

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले शपथ ग्रहण गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष र सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका हुन्। नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले उनीहरूलाई शपथ खुवाएका हुन्। 


शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे। 

तीनै जना तत्कालीन एमाले जिल्ला कमिटी अध्यक्ष हुन् भने आफूहरूलाई एक पद तल झारेर सचिव पदको जिम्मा दिएको भन्दै उनीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएर शपथ कार्यक्रममा उपस्थित नभएको बताएका छन्। 

डडेल्धुरा जिल्ला सचिवको जिम्मेवारी पाएका तारादत्त जोशीले आफूले दश वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटी समाह्लेकोमा अहिले आएर सचिव पद दिएकाले उक्त पद प्रति असन्तुष्टि जनाए। ‘जिल्लामा पार्टीको नेतृत्व गरेको दश वर्ष भइसक्यो,’ उनले भने ‘मैले पहिले पनि अब फेरी अध्यक्षमै नबस्ने भनेर आफ्नो सबै कुरा जाहेर गरिसक्या अवस्था हो। तर पार्टीले फेरि अहिले सचिव बनाएर पठायो,’ उनले अब आफू पार्टीको सचिव पदमा नबस्ने निश्चित रहेको बताए छन्।  

बझाङका तत्कालीन अध्यक्ष दिल बहादुर सिंहको गुनासो पनि जोशीको जस्तै छ। लामो समय देखी पार्टीको नेतृत्व गरेको र तीनै तहको निर्वाचनमा पार्टीलाई सफलता दिलाएको भन्दै आफूलाई सचिवको जिम्मेवारी दिएकोमा सिंहले असन्तुष्टि व्यक्ति गरे। ६ वर्ष सम्म अध्यक्ष रहेर फेरि सचिवमा बस्दा नैतिकताले नदिने भन्दै आफूले पद अस्वीकार गरेको उनको भनाई छ।
 
तीन सचिव अनुपस्थित रहेकोबारे नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावलले भने आफूलाई कुनै जानकारी नभएको बताए। ‘उहाँहरू के कारणले आउनु भएन हामी बुझ्दै छौँ,’ उनले भने, ‘त्यो पद पूर्ति प्रक्रिया पार्टीको निर्णय प्रक्रिया अनुसार अघि बढ्छ।’ 

पार्टीको तल्लो तहको जिल्ला कमिटी मातहत र जनसङ्गठनको पनि चाडै टुङ्गो लाग्ने उनले बताए।
 
नेपाल कम्युनिस्ट पार्टी(ने क पा)ले पार्टी एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ५ जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ। त्यस मध्ये ४ जिल्लामा तत्कालीन एमालेले सचिव पाएका छन् भने ५ जिल्लामा तत्कालीन माओवादीले सचिव पाएका हुन्। ४ जिल्लामा सचिव पाएका मध्ये ३ जिल्लामा सचिवहरूले शपथ ग्रहणमा अनुपस्थिति जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell