PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

ला लिगा: बार्सिलोना र एट्लेटिको मड्रिड पराजित



पहिलोपोस्ट

ला लिगा: बार्सिलोना र एट्लेटिको मड्रिड पराजित

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिड एकै दिन पराजित भएका छन्।

कप्तान लियोनल मेसीसहित मुख्य खेलाडीहरुलाई आराम दिँदा बार्सिलोना सेल्टा भिगोसँग २-० ले पराजित भएको हो।

सेल्टाको लागि घरेलु मैदानमा म्याक्सि गोमेज र आएगो असपासले गोल गरे।

यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार लिभरपुलसँग खेल्दैछ।

यस्तै एट्लेटिकोलाई इस्पानयोललाई ३-० ले पराजित गरेको हो। इस्पानयोलका लागि बोर्जा इग्लेसिसले दुई गोल गरे भने एट्लेटिकोका डिएगो गोडिनले एक आत्मघाती गोल उपहार दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell