PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रुसमा आपतकालीन अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु



पहिलोपोस्ट

रुसमा आपतकालीन अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु
Photo:BBC

आपतकालीन अवतरणका क्रममा रुसको मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। उडेको केही समयमा नै समस्या आएपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो। अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी भएको हो।

मस्कोबाट मारमास्क शहरका लागि उडान भरेको उक्त विमानमा चालक दलका सदस्यसहित ७८ यात्रु थिए। जसमा ३७ यात्रु जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन्। 

सुखोई सुपरजेट–१०० मा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको थियो।

रुसको सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले ल्याण्ड गर्ने क्रममा रनवेमै इन्जिनमा आगलागी भएको जनाएको छ। घटनाको अन्य विवरण आएको छैन।

मिडिया रिपोर्ट अनुसार पहिलो आपतकालीन ल्यान्डिङ सफल भएको थिएन। सामाजिक सञ्जालहरुमा आपतलकालीन अवतरणपछि विमानमा आगलाली भएको र केही यात्रुहरु दौडिएको भिडियो बाहिरिएको छ।

ट्रयाकिङ वेबसाइट फ्लाइटराडार-२४ का अनुसार विमानले उडेको आधा घन्टामै आकस्मिक अवतरणको प्रयास गरेको थियो। मृत्यु हुनेमा दुई बालबालिका र विमान परिचारिका समेत रहेको जनाइएको छ।  

राष्ट्रपति भ्लादिमिर पुटिनले घटनामा परी मृत्यु हनेको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell