PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आइपीएल : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई



पहिलोपोस्ट

आइपीएल : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई

इन्डिनय प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणका खेलहरु सकिसकेका छन्। आजबाट प्लेअफ चरणका खेलहरु सुरु हुनेछन्।

जसअन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नाई भिड्दैछन्।

यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै पराजित हुने टोलीले पनि फाइनलका लागि अर्को मौका भने पाउनेछ।

भोली हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुने एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि आज हार्ने टोलीसँग खेल्नेछ।

सिधै फाइनल पुग्नको लागि हुने खेल चेन्नाईको घरेलु मैदानमा हुनेछ।

लिग चरणका खेलहरुभन्दा प्लेअफका खेल आधा घण्टा अघि सुरु हुनेछ। जसअनुसार यो खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे एमए चितम्बरम स्टेडियम, चेन्नाईमा सुरु हुनेछ।

लिग चरणमा चेन्नाई र मुम्बई दुवैले ९-९ खेल जित्दै समान १८ अंक जोडेका थिए। रनरेटमा मुम्बई अगाडि रहेको थियो।

दुवै टोलीले १८ अंक जोडेको अर्को टोली दिल्लीलाई रनरेटमै पछि पार्दै शीर्ष दुई स्थान पक्का गरेको थियो।

लिग चरणमा भएको दुवै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको थियो। घरेलु मैदान वाङखदडेमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो। यस्तै चेन्नाईको मैदानमा भएको खेलमा पनि मुम्बई ४६ रनले विजयी भएको थियो।

 

हेड टु हेडमा मुम्बई अगाडि

अहिलेसम्मको भएको खेलहरुमा मुम्बईले बढि खेल जितेको छ। प्लेअफ/ नकआउट स्टेजमा भने चेन्नाईले बढि खेल जितेको छ।

 

कूल खेल २६

मुम्बई विजयी १५

चेन्नाई विजयी ११

 

प्लेअफ/नकआउट खेल ७

मुम्बई विजयी ३

चेन्नाई विजयी ४

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell