PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पुरुष भलिबल : सेमिफाइनल समिकरण पुरा



पहिलोपोस्ट

पुरुष भलिबल : सेमिफाइनल समिकरण पुरा

ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।

साविक विजेता नेपाल पुलिस क्लबसहित तीनवटै विभागीय टोली अन्तिम चारमा प्रवेश गरेको छ। यस्तै प्रदेशतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएको छ।

ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। पुलिसले प्रदेश ३ लाई २५–११, २४–२५, २५–१५, २५–१४ को सेटमा पराजित गर्‍यो।

अब पुलिसले बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशसंग खेल्ने खेल्नेछ।

दोस्रो क्वाटरफाइनलमा गण्डकीले टीयू विश्वबिद्यालयलाई ३–० को सेटमा पराजित गर्दै पुलिससंगको भेट पक्का गर्यो। गण्डकीले विश्वबिद्यालय टिमलाई २५–१६, २५–११, २५–१७ को सेटमा पराजित गर्‍यो।

यस्तै गरी दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली आर्मी र एपीएफ भिड्नेछन्।

आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। आर्मीले प्रदेश २ लाई २५–१४, २५–१५, २५–८ को सेटमा हरायो।

एपीएफले प्रदेश १ लाई ३–० कै सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। एपीएफले प्रदेश १ लाई २५–१५, २५–१४, २५–२० को सेटमा हरायो।

जलजले युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ। यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन्। व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell