PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

नर्सिङ संघमा धर्ना दिन बसेका नर्सहरु पक्राउ

नर्सिङ संघमा धर्ना दिन बसेका नर्सहरु पक्राउ


काठमाडौँ : चार दिनदेखि नेपाल नर्सिङ संघमा धर्ना दिइरहेका मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। नर्सिङ संघका अध्यक्ष तारा पोखरेललाई कार्यकक्षमा छिर्न नदिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

'हामीले संघको अध्यक्षलाई हाम्रो माग पूरा गर्न समन्वय गर्न आग्रह गर्दा असहयोग गरेपछि त्यहाँ धर्ना दिएका थियौँ। तर उहाँले प्रहरी बोलाएर पक्रन लगाउनुभयो' पक्राउ परेकी एक नर्सले भनिन्,' हामीलाई जबर्जस्ती लछारपछार गरेर भ्यानमा हालियो।'

पक्राउ परेका नर्सहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ। एक साता अघि  स्वास्थ्य मन्त्रालयमा वार्ता गर्न गएका बेला पनि उनीहरुलाई सिंहदरबार हिरासतमा सात घण्टा राखिएको थियो।

पक्राउ पर्ने ६ जना छन्। उनीहरुले पछिल्लो पटक आन्दोलन गरेको दुई साता नाघ्यो। अस्पतालको सेवा अवरुद्ध नगरी उनीहरु आन्दोलन गरिरहेका थिए। 

प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पतालमा आफ्नो मान्छे छिराउन राजनीति गरेको उनीहरुको आरोप छ। उचित पारिश्रमिक नदिएको, सात वर्षदेखि काम गर्दासमेत जोखिम भत्ताहरु उपलब्ध नगराएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको तर्क छ।

विगत चार दिनदेखि नर्सिङ संघको प्राङ्गण तनावग्रस्त थियो। संघको अध्यक्ष र नर्सहरुबीच चर्काचर्की परिरहेको थियो।

के हो माग ?

•    सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने। 
•    ठेकेदार प्रकिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
•    सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।
•    पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।
•    पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने।

सम्बन्धित समाचार

'१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ'

८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

नर्सको व्यथा कसलाई के थाहा!

नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए



ट्रेन्डिङ पोस्ट

Ncell