PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल: हैदरावादलाई हराउँदै दिल्ली क्वालिफायरमा, फाइनल पुग्न चेन्नाईसँग खेल्ने



पहिलोपोस्ट

आइपीएल: हैदरावादलाई हराउँदै दिल्ली क्वालिफायरमा, फाइनल पुग्न चेन्नाईसँग खेल्ने

इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ।

जितपछि दिल्लीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। अब दिल्लीले फाइनल प्रवेशका लागि साबिक विजेता चेन्नाई सुपर किंग्ससँग शुक्रबार क्वालिफायर खेल्नेछ।

पृथ्वी  सको अर्धशतक तथा रिसव पन्तको आक्रमक ब्याटिङ मद्दतमा दिल्लीले १६३ रनको लक्ष्य एक बलअघि ८ विकेट गुमाएर पूरा गरेको हो। पृथ्वीले ३८ बल खेल्दै ६ चौकाको २ छक्काको मद्दतमा ५६ रन बनाए। अर्धशतक बनाउन एक रनले चुकेका पन्तले २१ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडे।

दिल्लीलाई जितको लागि अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा किमो पलले अन्तिम ओभरको पाँचौँ बलमा चौका प्रहार गर्दै खेल जिताए।

हैदरावादका भुवनेश्वर कुमार, खलिल अहेमद र रसिद खानले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।
 हैदरवादका लागि मार्टिन गप्टिलले ३६, मनीष पाण्डेले ३०, कप्तान केन विलियम्सनले २८, विजय शंकरले २५ तथा मोहम्मद नाबीले २० रन बनाए।

दिल्लीका किमो पउलले ३ तथा इशान्त शर्माले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell