PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते



एम बम

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

कैलाली: बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाजुराको मार्तडीबाट कोल्टी जाँदै गरेको कुखुराको दाना बोकेको लु ४ त ७८१ नं को ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा भएको हो। दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन्। ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो।

दुर्घटनामा परि बुढीनन्दा नगरपालिका– ७ बस्ने २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धव सिंह भाटले जानकारी दिए। खड्काको उपचारको क्रमामा कोल्टी स्वास्थ्य कार्यालयमा निधन भएको हो।

घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडि नगरपालिका– १० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउपालिका– ३ बस्ने प्रकाश शाही रहेका छन्। दुइजना घाइतेको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell