
काठमाडौं : सामाजिक सञ्जाल र मिडियामा हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षाबारेको विषय भाइरल बन्यो। त्रिविमा राजनीतिक दल र त्रिविकै नेताहरुका आफन्तलाई पास गराइएको विषयले व्यापक चर्चा पाएपछि वैद्य र विप्लव नेतृत्वका माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।
त्रिवि आयोग अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा भूमिगत शैलीमा पुगेका विद्यार्थी नेताहरुले तालाबन्दी गरेको हुन्।
कार्यालयमा उतीर्ण भएकाहरुको अन्तर्वार्ता जारी रहँदा अखिल क्रान्तिकारीका तीनजना नेताहरु संघर्ष दाहाल, कुमार वर्तौला र शुलव वैद्यले छक्याउँदै कार्यालय भित्र पसी तालाबन्दी गरेका हुन् ।
उनीहरुले प्रकाशित खारेज गर्न, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाइ निलम्बन गरी कारबाही गर्न माग गरेका छन्। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष संघर्ष दाहालले बताए।