काठमाडौँ : पहिलो पटक आयोजना भइरहेको ह्विलचियर एसिया कप टी २० क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ।
बुधवार कीर्तिपूरस्थित टीयू मैदानमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो।
नेपालले पहिले ब्याटिङ गर्दै कप्तान दिगम चेम्जोङको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा १ सय ४० रन बनाएको थियो।
दिगमले सर्वाधिक ६६ रन बनाए।
१ सय ४१ रनको लक्ष्य भारतले १५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा गौरभले अर्धशतक प्रहार गरे।
पहिलो पटक भइरहेको ह्विलचियर एसिय कपमा भारत र नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ। राउण्ड रोविन लिगको प्रतियोगितामा आजै पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ।