PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

जातीय विविधतामा द्वन्द्वको खेती गर्ने प्रयास असफल : प्रम ओली



पहिलोपोस्ट

जातीय विविधतामा द्वन्द्वको खेती गर्ने प्रयास असफल : प्रम ओली
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउका छन्।

किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताए।

‘नेपालीहरुले यस विविधतालाई एकताको प्रमुख सुत्रका रुपमा स्वीकारेका छन्। जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हाम्रो जातीय विविधतामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएका होइनन् तर नेपालीहरुले यस्ता तत्वहरुलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र साँस्कृतिक सद्भाव कायम राखे।‘

प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशील रहेको उल्लेख गरे।

‘वर्तमान सरकार समानता सहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ। यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसहरुको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell