भक्तपुर : २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षतिग्रस्त भएको भक्तपुर दरबार क्षेत्रमा रहेको पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।
मंगलबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मन्दिरको उद्घाटन गरे।
फोटो: भक्तपुर नगरपालिका
उद्घाटनपछि सांसद सुवालले भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणाको माग गरे।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्धारित समय भन्दा अगाडि नै केदारनाथ मन्दिर पुनर्निर्माण सम्पन्न भएकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए।
कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो नगरप्रमुख प्रजापतिलाई हस्तान्तरण गरेका थिए।