PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अपडेट : पाँच जनाले साढे तीन घन्टा गन्दा ७ करोड ६७ लाख!



पहिलोपोस्ट

अपडेट : पाँच जनाले साढे तीन घन्टा गन्दा ७ करोड ६७ लाख!

काठमाडौं : युनुस अन्सारीसहितको समूहबाट प्रहरीले आज जफत गरेको नक्कली नोट करीब ८ करोड रुपैयाँ भएको खुलेको छ। साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनिएको थियो। दुई हजार दरका नोट ७ करोड ६७ लाख ९४ हजार भएको त्रिभुवन भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले बताए।

***

दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो परिमाणमा भारतीय जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नक्कली नोटसहित युनुस अन्सारीलाई शुक्रवार बिहान नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युनुस अपराधिक पृष्ठभूमिसँग पटक पटक जोडिएका छन्। उनीमाथि केन्द्रीय कारागारमै गोली प्रहारसमेत भएको थियो। नक्कली नोटकै प्रकरणमा उनी पटकपटक समातिएका छन्। कुनै समय टेलिभिजन संचालनमा समेत सक्रिय रहेका अन्सारी नक्कली नोटसहित सन् २०१४ मा पनि पक्राउ परेका थिए।

उनीबाट बरामद भएको नक्कली नोटको गन्ती भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनले दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख संदीप भण्डारीले जानकारी दिए। उनीसँगै अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो। त्यस्तै २०६५ पुसमा जाली नोट सहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरी निस्किएका थिए।

नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell