PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

विश्वकपअघि अष्ट्रेलिया र इंग्ल्याण्ड विजयी



पहिलोपोस्ट

विश्वकपअघि अष्ट्रेलिया र इंग्ल्याण्ड विजयी

यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी एक दिवसीय विश्वकपअघिको अभ्यास खेलमा आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया विजयी भएका छन्।

सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गर्दा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले सहजै हरायो।

अष्ट्रेलियाले श्रीलंकाले दिएको २४० रनको लक्ष्य ४४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। अष्ट्रेलियाका लागि उस्मान खवाजाले नटआउट ८९ रन बनाए।

उता इंग्ल्याण्डले १६१ रनको लक्ष्य १७.३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो। इंग्ल्याण्डका लागि ज्यासन रोएले नटआउट ८९ रन बनाए। त्यसअघि जोफ्रा आर्चर र जोए रुटले ३/३ विकेट लिएपछि अफगानिस्तान ३८.४ ओभरमा १६० रनमा अलआउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell