PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानमन्त्री कप क्रिकेट : पारस र सूर्यको घातक बलिङ, प्रदेश ३ को दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेट : पारस र सूर्यको घातक बलिङ, प्रदेश ३ को दोस्रो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : कप्तान पारस खड्का र सूर्य तामाङको घातक बलिङ मद्दतमा प्रदेश नम्बर ३ ले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा दोस्रो जित हात पारेको छ।

दुई खेलाडी मिलेर ८ विकेट लिएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। पारस र र सूर्यले ४-४ विकेट लिएपछि प्रदेश ३ ले प्रदेश ४ लाई १०८ रनमै अलआउट गरेको थियो। १०९ रनको लक्ष्य प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

समूहक मा एपीएफसँग पहिलो खेल हारेको प्रदेश ३ ले प्रदेश ५ लाई सोमवार ६ विकेटले पारजित गर्दै पहिलो जित हात पारेको थियो। लगतार दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको प्रदेश ३ समूह ए को शीर्ष स्थानमा उक्लेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

२ खेल खेलेको एपीएपले अपराजित रहँदै ४ अंक नै जोडेपनि रनरेटमा प्रदेश ३ अगाडि रहेको हो। प्रदेश ३ ले अब समूहको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशसँग आगामी सोमवार खेल्नेछ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर गण्डकी प्रदेशले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर प्रदेश ३ को उत्कृष्ट बलिङ सामु गण्डकीका खेलाडीले खुलेर खेल्न सकेनन्। तीन खेलाडीले मात्र दोहोरो अंकमा रन स्कोर गर्दा गण्डकी ३०.१ ओभरमा १०८ रनमा अलआउट भयो।

गण्डकीका लागि सुमन घिमेरले सर्वाधिक ३४ आकाश थापाले २८ र राहुल शर्माले १२ रन बनाए। ५० रन हादा ६ विकेट गुमाएको गण्डकीका लागि आकाश र सुमनले सातौ विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए।

गण्डकीलाई अलआउट गर्न प्रदेश ३ का स्पिन बलिङ गरेका कप्तान पारसले ८ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए। पारसले यो लगातार ४ विकेट हो। अघिल्लो खेलमा पारसले प्रदेश ५ विरुद्२ ४ विकेट लिएका थिए। यस्तै सूर्य तामाङले ८.१ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए। नन्दन यादवले २ विकेट लिए।

जवाफमा आदिल खानले नटआउट ३८ रन बनाएपछि प्रदेश ३ ले सहजै लक्ष्य पूरा गर्‍यो। युवा खेलाडीहरुको बाहल्य रहेको प्रदेश ३ का कप्तान पारसले पाँचौ नम्बरसम्म नै युवा खेलाडीलाई ब्याटिङ गर्ने अवसर दिएका थिए। ओपनर रित गौतम र रविन जोशीले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। रितले २० र रविनले ११ रन बनाए। यस्तै इशान पाण्डेले नटआउट २६ रन योगदान गरे। अभिषेक बस्नेत ४ रन बनाएर बउट भए। पाँचौ नम्बरमा ब्याटिङ गरेका आदिलले ५३ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३८ रन बनाए।

गण्डकी प्रदेशका किशोर महतोले २ र विपिन खत्रीले १ विकेट लिए।

पारस खेलको म्यान अफ दि म्याच घोषित भए। यस्तै सूर्य मोस्ट भ्यालुएबल प्लेअर चुनिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell