काठमाडौँः गणतन्त्र दिवसको अवसरका ४३४ कैदीको कैद मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्।
असल चालचलन भएका तथा कैद छोट्ट्याउन योग्य रहेकाको बाँकी कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार कैद छुट दिइएको हो। माघव राईसहित ४३४ जनाको कैद छुट गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।