PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महिला भलिबल : किन परेनन् कप्तान र उपकप्तान नै राष्ट्रिय टिमको क्याम्पमा? यी हुन् पहिलो चरणमा छानिएका २५ खेलाडी



पहिलोपोस्ट

महिला भलिबल : किन परेनन् कप्तान र उपकप्तान नै राष्ट्रिय टिमको क्याम्पमा? यी हुन् पहिलो चरणमा छानिएका २५ खेलाडी
पछिल्लो पटक नेपालको कप्तान गरेकी बिनिता बुढाथोकी, फाइल फोटो

काठमाडौं : नेपाल भलिबल संघ (एनभीए)ले भलिबलको महिला राष्ट्रिय टिममा व्यापक हेरफेर गर्ने भएको छ। राष्ट्रिय टिम निर्माणको लागि प्रारम्भिक चरणमा छानिएका २५ खेलाडीमा कप्तान र उपकप्तान नै पर्न सकेनन्।

यसअघि कप्तान रहेकी बिनिता बुढाथोकी (एपीएफ) र उप-कप्तान मन्जु गुरुङ (गण्डकी प्रदेश) पहिलो चरणमा अटाएनन्। यस्तै यसअघि राष्ट्रिय टिममा नियमित रहेका नेविका चौधरी (एपीएफ) र कोपिला उप्रेती (नेपाल पुलिस) पनि सूचीमा समावेश छैनन्। यसबाहेक पछिल्लो पटक २०१७ मा माल्दिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टिममा रहेकी कृपा अधिकारी (त्रिभुवन आर्मी) र मनिषा चौधरी (नेपाल पुलिस) पनि पहिलो चरणमा परेनन्।

एनभीले बनाउन लागेको नयाँ टिममा अब नयाँ खेलाडीको बाहुल्य हुने पक्का छ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व गरेको महिला भलिबल टिम

 

एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले अहिले राष्ट्रिय टिममा रहेका खेलाडीको बढ्दो उमेर अनी नयाँ खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले यस पटक टिममा फेरबदल हुने बताए।

एनभीएल राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा प्रारम्भिक खेलाडी छनोट गरिएको चन्दले जानकारी दिए।

पछिल्लो पटक राष्ट्रिय टिममा रहेका मध्ये सरस्वती चौधरी, रेश्मा भण्डारी, उषा कुमारी विष्ट (एपीएफ) प्रतिभा माली (प्रदेश ३) कमला पुन (नेपाल पुलिस) र अरुणा शाही (गण्डकी प्रदेश) मात्र प्रारम्भिक सूचीमा अटाएका छन्। त्यसबाहेक बाँकी १९ खेलाडी नयाँ छन् जो पहिलो पटक राष्ट्रिय टिममा पर्नको लागि प्रशिक्षणमा सामेल हुनेछन्।

आगामी डिसेम्वरमा नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै एनभीएले नयाँ र पुराना खेलाडी समेटर प्रशिक्षकका लागि खेलाडी छनोट गरेको हो।

 

प्रारम्भिक चरणमा छनो६ भएका २५ खेलाडी:

१, प्रतिभा माली (प्रदेश ३)

२, सरस्वती चौधरी (एपीएफ)

३, निरुता ठगुन्ना (आर्मी)

४, उषा भण्डारी (पुलिस)

५, शान्ती थारु (आर्मी)

६, लक्ष्मी कुमाल (गण्डकी प्रदेश)

७, पुष्पा शाही (कर्णाली)

८, आरती सुवेदी (प्रदेश ३)

९, सुनीता खड्का (आर्मी)

१०, पुनम चन्द (प्रदेश ५)

११, कविता भट्ट (एपीएफ)

१२, सोफिया पुन (आर्मी)

१३, हिरा केसी (एपीएफ)

१४, उषा विष्ट (एपीएफ)

१५, रेश्मा भण्डारी (एपीएफ)

१६, चन्द्रकला खरेल (पुलिस)

१७, संगम महतो (आर्मी)

१८, ममता डगौरा (गण्डकी)

१९, जानकी भण्डारी (आर्मी)

२०, अरुणा शाही (गण्डकी)

२१, सरस्वती कट्टेल (प्रदेश ५)

२२, कमला पुन (पुलिस)

२३, सलिना श्रेष्ठ (प्रदेश ३)

२४, शान्ती तामाङ (पुलिस)

२५, यमकली कुँवर मगर (प्रदेश ५)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell