बलिउड कलाकार अर्जुन कपुर अभिनित फिल्म 'इन्डियाज मस्ट वान्टेड' प्रदर्शनरत् छ। गत शुक्रबार सार्वजनिक भएको फिल्म हेर्न यो साता सिनेमा हलमा पुगिन् मलाइका अरोरा। क्यामेराबाट लुकेर फिल्मको स्पेशल स्क्रिनिङमा पुगेकी उनलाई मिडियाकर्मीले भेटे।
जहाँ मिडियाकर्मीले फिल्मभन्दा ज्यादा अर्जुनसँग उनको सम्बन्ध बारे प्रश्न गरे। उनीहरुको विवाह भइसकेको बारे चर्चा चलेपनि यस बारे दुबैले केही बोलेका छैनन्।
मिडियासँगको आकस्मिक भेटमा मलाइकाले भनिन्,'मलाई हाम्रो सम्बन्धको बारेमा केही बोल्नु छैन। यसको मतलव मलाई लाज लागेको होइन। बरु मलाई मेरो व्यक्तिगत् जीवन बारे सार्वजनिक रुपमा बोल्न मन नलागेर हो।'
अर्जुलने भने आफूहरु बीचको प्रेमलाई स्वीकार गरेका छन्।
ग्ल्यामरस म्यागजिनमा अन्तर्वाता दिदै अर्जुनले भनेका थिए, ‘मलाइकाको साथमा म कम्फर्टेबल छु।’
उनले मिडियाप्रति सकारात्मक हुँदै भने,'मिडियाले हाम्रो कुरा बुझेको छ। कहिले पनि मेरो र मलाइकालाई बारे खराब समाचार प्रकाशित भएनन्।’
सोही कारण स्क्रिनिङको मौकामा मिडियाको अगाडि आएको समेत जानकारी दिए।
सन् २०१६ मा अरबाज खानसँग डिभोर्स भएपछि मलाइका अर्जुनसँग सम्बन्धमा छिन्।