PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बजेटको उपभोक्तालाई उपहार, पूर्वाधार करले पेट्रोल र डिजेलको भाउ डेढ रुपैयाँ बढ्यो



पहिलोपोस्ट

बजेटको उपभोक्तालाई उपहार, पूर्वाधार करले पेट्रोल र डिजेलको भाउ डेढ रुपैयाँ बढ्यो

काठमाडौँः बजेटमार्फत् थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरिएको हो। 

निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो। 

समायोजन भएको मूल्य अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा  कायम भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell