PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण



विधुर ढकाल

प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली यसै साता युरोपको साताव्यापी भ्रमणमा निस्किने भएका छन्। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम रहेको छ।

उनी जेठ २५ गते जेनेभा परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। उनी जेनेभा हुँदै बेलायत र फ्रान्सको पनि भ्रमण गरी असार १ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले जुन १० श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनका क्रममा दुई चरणमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले तय गरेको छ।

पहिलो चरणमा १०-१२ जुन र दोस्रो चरणमा १९-२० जुनमा उच्चस्तरीय सत्र हुनेछ। प्रधानमन्त्री ओली पहिलो चरणको पहिलो सत्रमा सहभागी हुने आइएलओको कार्यक्रम तालिकामा उल्लेख छ।

स्थानीय समयअनुसार जुन १० गते सम्मेलन उद्घाटनपछि अपराह्न्न प्रधानमन्त्री ओलीको सत्र सुरु हुने छ।

प्रधानमन्त्री ओली सहभागी हुने सत्रमा इटलीका राष्ट्रपति सर्जियो माटारेला, टर्कीका राष्ट्रपति रिसप तैयप इर्डोगान, नर्वेका प्रधानमन्त्री इर्ना सोलवर्ग, दक्षिण अफ्रिकाका राष्ट्रपति सेरिल रामाफोसा, स्विडेनका प्रधानमन्त्री स्टेफन लोफ्भे, इस्टोनियाका प्रधानमन्त्री जुरी रतास, मोरोक्कोका सरकार प्रमुख साड इड्डिने अल ओट्मानी र राष्ट्र संघ महासभाकी अध्यक्ष मारिया स्पिनोसा गार्सेस सहभागी हुने कार्यक्रम रहेको छ।

सम्मेलनको पहिलो चरणमा प्रधानमन्त्री डिमित्रि मेडेभेड, फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोस, जर्मन चान्सलर एन्जेला मर्केललगायतको सहभागिता हुने छ।

१०८ औँ सम्मेलन को उद्घाटन स्थानीय समयअनुसार जुन १० मा बिहान ११ बजे सुरु हुने छ। सम्मेलन जुन २१ सम्मे चल्ने छ।

प्रधानमन्त्री ओली सम्मेलनको उच्च सत्रमा सहभागी भएसँगै १० जुन मै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

त्यहाँ प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मेसँग ११ जुनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। बेलायत नेपालको पुरानो मित्र राष्ट्र तथा पहिलो कुटनीतिक सम्बन्ध स्थापना भएको मुलुक हो।

यद्यपी बेलायती प्रधानमन्त्री मेले आफ्नो पद छाड्ने तयारी गरिरहेकी छन्। ब्रेक्सिटमा असफल भएसँगै उनले जुन ७ मा राजिनामा दिने तयारी गरिरहेकको बीबीसीले जनाएको छ। उनले ७ जुनमा कन्जरभेटिभ पार्टीको नेताबाट राजिनामा दिने घोषणा गरिसकेकी छन्। योसँगै बेलायतमा नयाँ प्रधानमन्त्रीको चर्चासमेत सुरु भइसकेको छ। अब उनी उनको पार्टीको नेता चयन नहुँदासम्मका लागिमात्र प्रधानमन्त्री पदमा रहने छिन्।

प्रधानमन्त्री ओलीले बेलायत पुगेकै दिन १० जुनमा अक्सफोर्ड युनियनको कार्यक्रममा सम्बोधन गर्न कार्यक्रम रहेको छ।

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्सको राजधानी पेरिस जाने कार्यक्रम रहेको छ। त्यहाँ रहँदा प्रधामन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ। प्रधानमन्त्री ओलीले १२ जुनमै त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन्। गत पुसमा काठमाडौंमा भएको परराष्ट्र मन्त्रालयका सचिव स्तरीय बैठकले उच्चस्तरीय भ्रमण आदानप्रदान गर्दै ७० औँ वर्षगाँठ मनाउने निर्णय गरेको थियो।

सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए। त्यस्तै तत्कालिन राजा महेन्द्रले २०२३ सालमा फ्रान्सको राजकीय भ्रमण गरेका थिए। उनलाई फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स द गाउली स्वागत गरेका थिए

त्यसअघि बेलायत भ्रमणमा गएका तत्कालीन श्री ३ जंगबहादुर राणा फ्रान्स पुगेका थिए।

फ्रान्स बेलायत र अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

२०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो। तर उनी भ्रमणमा जानु अगाडि नै राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि २०५७ फागुनमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला फ्रान्स पुगेका थिए।

त्यसअघि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी २०५१ सालमा डेनमार्कमा भएको विश्व सामाजिक विकास सम्मेलनमा सहभागी भएर फर्किँदै गर्दा फ्रान्स पसेका थिए। त्यस्तै २०५२ सालमा तत्कालिन उपप्रधानमन्त्री माधवकुमार नेपालले फ्रान्सको भ्रमण गरेका थिए।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले २०६३ असोजमा उपप्रधान तथा परराष्ट्र मन्त्रीको हैसियतमा त्यहाँको फ्रेन्च कन्स्टिच्यूसनल काउन्सिलका अध्यक्षसँग भेट गरेका थिए।

फ्रान्सका तर्फबाट पछिल्लो पटक १९९६ मा त्यहाँका विदेश मन्त्रालयका सहायक मन्त्रीले नेपालको भ्रमण गरेका थिए।

२०५७ मा तत्कालिन प्रधानमन्त्री कोइरालापछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell