काठमाडौँ : चाइनिज ताइपेई विरुद्ध आज हने मैत्रीपूर्ण फुटबलको लागि नेपालको प्लेइङ ११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक योहान कलिनले यसअघि मलेसिया विरुद्ध खेलाएको टिममा केही परिवर्तन गर्दै ताइपेई विरुद्ध खेल्ने टिम सार्वजनिक गरेका हुन्।
जसमा अभिषेक रिजालले पहिलो पटक प्लेइङ ११ मा स्थान बनाएका छन्।
यस्तै नियमित कप्तान विराज महर्जन र फरवार्ड नवयुग श्रेष्ठलाई भने ड्रोप गरिएको छ। कप्तान नै प्लेइङ ११ मा नपरेपछि आज नेपालको कप्तानीमा गोलिकपर किरण चेम्जोङले गर्ने भएका छन्।
मलेसिया विरुद्ध प्लेइङ ११ मा खेलेको टिमबाट यस पटक चार परिवर्तन गरिएको छ। डिफेन्स विराज र रन्जित धिमालको स्थानमा अजित भण्डारी र सुमन अर्याल टिममा परेका छन्। यस्तै फरवार्डद्वय नवयुग र विमल रानाको स्थानमा अभिषेक र सन्तोष तामाङलाई आज टिममा राखिएको छ।
ताइपेई विरुद्ध अभिषेक एक्लो फरवार्डको रुपमा खेल्नेछन्। नेपाल ४-५-१ को फर्म्याटमा खेल्दैछ।
नेपाल प्लेइङ ११:
किरण चेम्जोङ, अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, रवि पासवान, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल