PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कलाकार संघको चुनावका लागि रबिन्द्र खड्का नेतृत्वको प्यानल घोषणा, २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक



पहिलोपोस्ट

कलाकार संघको चुनावका लागि रबिन्द्र खड्का नेतृत्वको प्यानल घोषणा, २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

कलाकार संघको महाधिवेशनमा संघको अध्यक्ष पदमा रवीन्द्र खड्काले उम्मेद्वारी घोषणा गरेका छन्। जेठ २५ गते हुने चुनावको प्रचार प्रसारमा व्यस्त उनले आफूले उम्मेद्वारी दिनुको कारणसहित प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

२१ बुँदे प्रतिवद्धता पत्रमा कलाकार संघको भवन निर्माणदेखि कलाकारलाई पेन्सन दिने बारे उल्लेख गरिएको छ। चार दशकदेखि नेपाली कलाकारितामा सक्रिय उनले कलाकारको जीवन बिमादेखि पूरा पारिश्रमिक,आर्थिक समृद्धी लगायत पाटोलाई प्राथमिकता दिएका छन्।

कार्यक्रम आयोजना गरि प्रतिवद्धता सार्वजनिक गरेका उनले कलाकारलाई सामाजिक सुरक्षाको घेरामा ल्याउने बताए। भने,'आगामी वर्षको बजेटमा घोषणा भइसकेको सामाजिक सुरक्षाको घेरामा हरेक कलाकारलाई ल्याउँनेछु।'

सातवटै प्रदेशमा कलाकार संघको पहुँच पनि उनको अवधारणामा रहेको छ।

कार्यक्रममा उनको प्यानल घोषणा समेत भयो।

प्यानलका उपाध्यक्ष पदका उम्मेदवार विनोदकुमार भट्टराई र रेजिना उप्रेती, महासचिव पदका उम्मेदवार चेतबहादुर सिंह राजा, सचिव पदकी प्रत्यासी पनाह अधिकारी, कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका सुनिल कटुवाल, सह-कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell