PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्याङका केटाहरू समातिएपछि 'काका'को कोटेश्वरको ज्वेलरी सप लुट्ने सपना अधुरै!



पहिलोपोस्ट

ग्याङका केटाहरू समातिएपछि 'काका'को कोटेश्वरको ज्वेलरी सप लुट्ने सपना अधुरै!

काठमाडौः जेठ ३ गते। बिहान १० बजेर ४५ मिनेट गएको थियो। ललितपुर ईमाडोलस्थित कृष्ण मन्दिर नजिक सुरेशराज शर्माको असन इन्भेष्टमेन्टमा काका भनिने छिरिङ तामाङ सहितको टोली छिर्‍यो। हातहतियारसहित छिरेको टोलीले त्यहाँबाट १ लाख रुपैयाँ लुट्यो। र, फरार रह्यो। 

लुटको योजना क्याप्टेन थिए तामाङ। उनको योजनामा सहायक खेलाडी बने धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय ध्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाईं र जिग्री भनिने भीमराज थिङ।

तामाङ र टोलीको लुटको श्रृं‌खला यतिमै रोकिएन। ईमाडोलमा लुटेको भोलिपल्ट नै दिउँसो जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलबाट ८० हजार रुपैयाँ  लुटे।

राजधानीमा लुटको श्रृंखला बढ्दै गएपछि प्रहरी लुटेराको खोजीमा लाग्यो। जब गोप्य सुत्रबाट एक लुटेरा राजधानीबाट इलाम पुगेको सूचना पायो। तब, प्रहरीले इलामबाटै ती लुटेरालाई नियन्त्रमा लियो।

एकपछि अर्को लुटमा सफलता हात पारेका तामाङलाई थाहा थिएन आफ्नो मान्छे समातिएको बारे। उनी निरन्तर नयाँ मिसनको योजना बुनिरहेका थिए। तबसम्म राजधानीमा अर्को लुटको योजना बनाइसकेका थिए।

जेठ २३ गते, बिहीबारका लागि उनीहरुको नयाँ मिसन सेट भयो। टार्गेटमा रह्यो  कोटेश्वर प्रहरी प्रभाग नजिकैको एउटा सुन पसल।

'लुटको योजना बनाइसकेका थिए। उसका केटाहरू समातिएपछि लुट्न असफल भएका हुन्', अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने।

प्रहरीको खोजी सूचीमा रहेका तामाङका क्राइम पार्टनर मध्ये अजय ध्यावा तामाङपछि बाहुन भनिने रुपेश चौलागाई र जिग्री भनिने भीमराज थिङ पक्राउ परिसकेका थिए। एक्लै भएका तामाङ आफ्नै योजनामा विफल भए।

महाशाखाको टोलीले पक्राउ परेका चार जनाको बयानको आधारमा तामाङलाई खोजी गरिरहेको थियो। त्यतिकैमा शुक्रवार दिउँसो प्रहरीले तामाङलाई पनि जोरपाटीमा लुकी रहेको अवस्था फेला पार्‍यो।

'समयमा नै पक्राउ नगरेको भए राजधानीमा अर्को लुट हुन सक्थ्यो', महाशाखाका एसएसपी सहकुल थापाले भने।

सम्वन्धित समाचार

लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, चारजना लुटेरा जोरपाटीबाट समातिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell