PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सन्तोष लामाको गीतमा टिकटककी अमिता गुरुङ



पहिलोपोस्ट

सन्तोष लामाको गीतमा टिकटककी अमिता गुरुङ

चर्चित टिकटक प्रयोगकर्ता अमिता गुरुङ फिचर्ड पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मङ्सिर’ बोलको गीती भिडियो युट्युब रिलिज भएको हो।

गायक सन्तोष लामाको स्वर रहेको गीतमा शब्द एकतारेले दिएका हुन्। गीतमा सुशान्त गौतमको संगीत छ। एरेन्ज शैलेन्द्र एम प्राधनले गरेका हुन्।

गीतको भिडियोमा अमिता गुरुङसँगै गायक सन्तोष स्वयं फिचर्ड छन्। साथै विजर एरा क्रुले पनि प्रस्तुति दिएका छन्। भिडियो निर्देशन पनि सन्तोषले नै गरेका हुन्। नृत्य निर्देन भने विकास गुरुङको छ।

सन्तोष लामाको अफिसियल युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell