PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


भारतबाट मेला हेरेर फर्कने क्रममा बर्दियामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, १४ घाइते


पहिलोपोस्ट

भारतबाट मेला हेरेर फर्कने क्रममा बर्दियामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, १४ घाइते

धम्बोझीः बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे १ त ५७५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ। उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो।

गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ। नीलम र  सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए।

वर्षेनि जेठ महीनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका आठवटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै सङ्ख्यामा नेपाली तीर्थालु जाने गर्छन्। रासस



भारतबाट मेला हेरेर फर्कने क्रममा बर्दियामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, १४ घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट