PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गृहमन्त्रीको राजीनामा माग्दै निक्लियो मसाल जुलुस

गृहमन्त्रीको राजीनामा माग्दै निक्लियो मसाल जुलुस


काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीलेे दमन गरेको भन्दै विरोधमा मसाल जुलुस निकालिएको छ।

आज बेलुकी असन, इन्द्रचोक, न्यूरोड हुँदै लगन पुगेर कोणसभा गर्दै मसाल जुलुस निकालिएको हो। लगनबाट सुरु भएको मसाल जुलुस बसन्तपुर पुगेर सम्पन्न भएको थियो।

मसाल जुलुसका क्रममा सहभागी गुठीयारहरुले प्रहरीले दमन गरेको गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका थिए।

कोणसभामा बोल्दै नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले गुठी विधेयकबाट नेपालको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाउँदै भने, 'सरकार होली वाइनलाई बढावा दिँदै नेपालीपन नामेट पार्ने प्रयास गरिरहेको छ। यसको विरुद्ध हामी सशक्त संघर्ष गर्छौं।'

कार्यक्रममा सहभागी प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठले यो विधेयक ल्याएर सरकारले राजनीतिक रुपमा नै भ्रष्टाचार  गर्न खोजेको बताए। उनले यो विधेयक मानेर मेटिएर जानुभन्दा मरेर जानु राम्रो भन्दै आज माइतीघरमा प्रहरीले गरेको दमनको विरोध गरे।  

नेवा: दय् दबू लगायतका संघ संस्थाले यो आन्दोलन सुरुवात मात्रै भएको भन्दै सरकारले विधेयक फिर्ता नलिए थप संघर्ष गर्ने बताए।

सम्बन्धित समाचार : 

हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

प्रहरीको लात्ती र लाठी प्रहारपछि आन्दोलन थप चर्काउने गुठियारको तयारी

 

 



ट्रेन्डिङ पोस्ट

Ncell