PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीनकुनेमा आधुनिक हतियारसहित समातिएर साङगे शेर्पा



पहिलोपोस्ट

तीनकुनेमा आधुनिक हतियारसहित समातिएर साङगे शेर्पा
फाइल फोटो

काठमाडौं : प्रहरीले आधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सोमबार दिउँसो तीनकुनेबाट सोलुखुम्बु घर भएका २४ वर्षीय साङगे शेर्पालाई नियन्त्रणमा लिएको हो। शेर्पाको साथबाट आधुनिक 'मेड इन जापान' लेखिएको पेस्तोल समेत फेला परेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। ‘आधुनिक हतियार फेला परेको छ। कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ,‘ उनले भने।

शेर्पाले हतियार लुटपाट गर्नका लागि ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ। तीनकुनेको एक क्याफेमा बसिरहेका शेर्पाको झोलाबाट हतियार फेला परेको प्रहरीको दाबी छ। प्रहरीको प्रारम्भिक बयानमा शेर्पाले गाउँबाट नै हतियार ल्याएको बताएका छन्। ‘हतियार गाउँबाट ल्याएको भनेका छन्। तर, सम्भावना कम छ। अनुसन्धान गर्छौँ,‘ डिएसपी बोगटीले भने।

शेर्पा वैदेशिक जोगारीमा गएर फर्किएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell