PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सेन्ट्रल जोन भलिबलका लागि नेपाली खेलाडीलाई प्रशिक्षण दिन आउँदै डच प्रशिक्षक



पहिलोपोस्ट

सेन्ट्रल जोन भलिबलका लागि नेपाली खेलाडीलाई प्रशिक्षण दिन आउँदै डच प्रशिक्षक

काठमाडौं : नेपालमा आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसीपका लागि नेपालको राष्ट्रिय टिम हेर्न नेदरल्याण्ड्सका प्रशिक्षक आउने भएका छन्।

असार ४ गते नेपाल आइपुग्ने उनी तीन महिना यहाँ रहेर प्रशिक्षण दिने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको हो।

आगामी साउन ३२ देखि नेपालमा पहिलो पटक सेन्ट्रल जोन भलिबल आयोजना हँदैछ।

दुई दशक भन्दा बढी समय प्रशिक्षणको अनुभव बटुलेका हान नेपाल भलिबल संघको पहलमा प्रशिक्षकका रुपमा आउन लागेका हुन्। उनले सन् १९९७ देखि २००४ सम्म सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए।

यस्तै २००४ देखि २००८ सम्म जर्मनीको महिला टिमको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए।

संघले यसअघि नेपालको प्रशिक्षणका लागि म्याट भान विजललाई ल्याएको थियो।

नेपाली टिमको ट्रेनिङ आजबाट सुरु हुँदैछ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आधारमा छनौट भएका २५ खेलाडी ट्रेनिङका लागि क्याम्पमा छन्। 

नेपालमा आगामी साउन ३२ देखि भदौ ८ सम्म हुने सेन्ट्रल जोन च्याम्पियनसीपमा नेपालसहित ७ राष्ट्रको सहभागिता रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell