PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड



पहिलोपोस्ट

क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। 

प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘चितवनमा क्रिकेट रंगशाला बन्छ। चन्दा उठाएर पुगेन भने सरकारले सहयोग गर्छ।’

सत्तारुढ दलका अध्यक्ष प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले रंगशाला निर्माणमा पनि सहयोग गरिने बताए। 

‘ठूला परियोजना अगाडि बढाउँदा केही साना समस्या आउँछन्, तर विचलित नभइकन अगाडि बढ्नु पर्छ। क्रिकेट रंगशाला निर्माणको काम चाँडै अगाडि बढाउने छलफल भइसकेको छ,’ अध्यक्ष प्रचण्डले भने। उनले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआफ्नो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गरे। 

पूर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय संसदमा विधेयक लैजाँदा सरकारले आवश्यक तयारी नगरेको कारण विरोध भइरहेको बताए। उनले आगामी दिनमा कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले धेरै विरोध गरिरहन नपर्ने बताए। उनले मिडिया काउन्सिल विधेयक आवश्यक परिमार्जन हुने आश्वासन पनि दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell