PahiloPost

Sep 22, 2019 | ५ असोज २०७६


विप्लवको पार्टी पनि गुठी सम्बन्धि विधेयकको विरुद्धमा


पहिलोपोस्ट

विप्लवको पार्टी पनि गुठी सम्बन्धि विधेयकको विरुद्धमा

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकको विपक्षमा उभिएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले विज्ञप्ति जारी गर्दै सरकारले एक पछि अर्को जनअधिकार कुल्चिँदै फाँसिवादको अभ्यास गरिरहेको आरोप लगाउँदै यसको उदाहरण सदनमा प्रस्तुत भएको विधेयक भएको बताएका छन्।

'गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ। तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिँदैछ,' वक्तव्यमा भनिएको छ, 'तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र बैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ।'

विज्ञप्तिमा गुठीयारहरुको आन्दोलनलाई बैधानिक र न्यायपूर्ण आन्दोलन भएको भन्दै सरकारको दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न माग गरेको छ।



विप्लवको पार्टी पनि गुठी सम्बन्धि विधेयकको विरुद्धमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट