PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१७ वर्षीय युवकको अपहरणपछि हत्या आरोपमा एक जना पक्राउ



पहिलोपोस्ट

१७ वर्षीय युवकको अपहरणपछि हत्या आरोपमा एक जना पक्राउ

लहानः सिरहाको धनगढीमाई नगरपालिका -६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नगरपालिका -६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका -२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो।

यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो।

सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका -७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell