PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक, लिभरपुल र नर्वीच उद्घाटन खेलमा खेल्ने, युनाइटेड र चेल्सी पहिलो चरणमै खेल्ने



पहिलोपोस्ट

प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक, लिभरपुल र नर्वीच उद्घाटन खेलमा खेल्ने, युनाइटेड र चेल्सी पहिलो चरणमै खेल्ने

इंग्ल्याण्डको फुटबल लिग प्रिमियर लिग २०१९-२० को खेल तालिका सार्वजनिक भएको छ। बिहीवार बिहान सार्वजनिक खेल तालिका अनुसार पहिलो खेलमा नवप्रवेशी नर्वीच सिटीले लिभरपुलसँग खेल्नेछ।

गत सिजन दोस्रो भएको र च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलको सामान गर्नु नर्वीचको लागि कठिन हुने देखिन्छ। उद्घाटन खेल अगष्ट ९ मा हुनेछ।

यस्तै पहिलो चरणमै दुई चर्चित क्लब म्याचेष्टर युनाइटेड र चेल्सी भिड्ने भएका छन्।

पहिलो चरणका खेलहरु अगष्ट ९, १० र ११ मा तय गरिएको छ। युनाइटेड र चेल्सीको खेल अगष्ट ११ मा हुनेछ।

यस्तै साविक विजेता म्याचेष्टर सिटीले वेष्टहम भ्रमण गर्दै नयाँ सिजनको सुरुवात गर्नेछ।

नर्वीचसँगै शेफिल्ड युनाइटेड र एस्टन भिल्ला च्याम्पियनसिपबाट बढुवा भएर यस सिजन प्रिमियर लिग खेल्न छनोट भएका हुन्।

 

लिग पुर्ण खेल तालिकाको लागि यहाँ क्लिक गर्नुहोस्

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell