PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै



पहिलोपोस्ट

विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ।

यस संस्करणमा अपराजित रहेको यी दुई टिमबीचको खेल नथिङहममा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

२ पटकको च्याम्पियन भारत र गत संस्करणको उपविजेता न्यूजिल्याण्ड आजको खेल जित्दै अपराजित यात्रा कायम राख्ने योजनामा छन्। न्यूजिल्याण्डले ३ र भारतले २ खेल जितेको छ।

ओडिआई विश्वकपमा भने दुई दुई टोली डेढ दशकपछि आमने सामने हुन लागेका हुन्।

सन् २००३ को विश्वकपमा सुपर सिक्समा भिडेका भारत र न्यूजिल्याण्ड १६ वर्षपछि पहिलो पटक विश्वकपमा भिड्न लागेका हुन्। २००७,२०११ र २०१५ मा भने यी दुई टोली विश्वकपमा भेट भएनन्।

दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको २००३ को विश्वकपको उक्त खेलमा भारतले न्यूजिल्याण्डलाई ७ विकेटले पारजित गरेको थियो। जाहिर खानले उक्त खेलमा ४ विकेट लिएका थिए। ब्याटिङमा मोहम्मद कैफ र राहुल द्रविडले अर्धशतक प्रहार गरेका थिए।

विश्वकपअघि भएको अभ्यास खेलमा भने न्यूजिल्याण्डले भारतलाई १७९ रनमा अलआउट गर्दै ६ विकेटको जित हात पारेको थियो। उक्त खेलमा कीवी टोलीका लागि ट्रेन्ट बोल्टले ४ र जेम्स निसामले ३ विकेट लिएका थिए। ब्याटिङमा कप्तान केन विलियमसन र रोस टेललरले अर्धशतक प्रहार गरेका थिए।

ओडिआई विश्वकपमा भारत र न्यूजिल्याण्ड अहिलेसम्म ७ पटक भिडेका छन्। जसमा न्यूजिल्याण्डले ४ खेल जितेको छ भने भारत ३ खेलमा विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell