PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हत्याको ३० वर्षपछि प्रहरीको फन्दामा, गाउँ पञ्चायतको चुनावको विषयमा लिएका थिए ज्यान



पहिलोपोस्ट

हत्याको ३० वर्षपछि प्रहरीको फन्दामा, गाउँ पञ्चायतको चुनावको विषयमा लिएका थिए ज्यान

काठमाडौं : हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी टोल घर भएका बीरबहादुर चौधरीलाई मंगलवार नियन्त्रणमा लिएको हो।

२०३९ जेठ ८ गते शनिवार चौधरीले सुकदेव साह सोनारलाई घाटी रेटी हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो। चौधरीले हत्या गरेर शव नदीमा फ्याँकेपछि फरार भएका थिए। कर्तव्य ज्यान मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाले २०४३ फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौंले २०४५ अशोज १७ गते चौधरीलाई २० वर्ष जन्मकैद फैसला गरेको थियो।

‘पुराना घटनामा संलग्नको खोजी भइरहेको समयमा विशेष सुचनाका आधारमा नियन्त्रण लिएका हौं,' जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए।

घटनामा संलग्न अर्का व्यक्ति पलट साह सोनारलाई भने प्रहरीले गत वर्षको भदौ ५ गते पक्राउ गरेको थियो। उनी कैद भुक्तान गरिरहेका छन्। गाउँ पञ्चायतको चुनावको विषयलाई लिएर चौधरीले सुकदेको हत्या गरेको अनुसन्धानमा देखिएको थियो।

प्रहरीले बारा जिल्ला अदालतको आदेश अनुसार चौधरीलालाई लागेको कैद भुक्तानका लागि वीरगंज कारागार पठाएको छ।

प्रहरीले केही दिनअघि मात्र १९ वर्ष अगाडिको हत्याका अभियुक्त पक्राउ गरेको थियो। भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतीको हत्यामा संलग्न देवीरमन अधिकारीलाई प्रहरीले रुपन्देही जिल्लाको सीमावर्ती क्षेत्र बेहलियाबाट पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस

श्रीमतीको हत्यारालाई १९ वर्षपछि जब तुल्सीभक्तले भेटे ...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell