PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रनेश हाजिरी जमानतमा रिहाः राति छाडिए, बिहानै प्रहरी सम्पर्कमा



पहिलोपोस्ट

प्रनेश हाजिरी जमानतमा रिहाः राति छाडिए, बिहानै प्रहरी सम्पर्कमा

काठमाडौँः चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम हाजिरी जमानतमा रिहा भएका छन्। दैनिक प्रहरी सम्पर्कमा रहने गरी गौतमलाई बिहीबार राति रिहा गरिएको हो। 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले गौतम रिहा भएको जानकारी दिए। थापाले भने, 'हाजिरी जमानतमा छाडिएको हो। प्रहरी सम्पर्कमा रहनेगरी बिहीबार राति ८ बजेतिर घर पठाएका हौँ।'

प्रनेशका बाबु  ऋषिराज गौतमले पनि हाजिरी जमानतमा प्रनेश रिहा भएको बताए। ऋषिराजले भने, 'शुक्रबार पुनः आउनेगरी बिहीबार घर जानु भन्यो। हामी अहिले बिहान नै प्रहरी कार्यालय आसपासमा पुगेका छौँ।'

गत शुक्रबारदेखि प्रनेश प्रहरी हिरासतमा थिए। 

साइबर क्राइम अभियोगमा उनमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ। सरकारी वकिल कार्यालयको प्राप्त निर्देशन अनुसार प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउनेछ। 

चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

पढ्नुस्ः मिलनले 'पाठ सिकाउन' खोज्दा प्रनेश प्रकरण, मिश्रको प्रश्न : कम्पनीको गल्तीमा व्यक्तिलाई कार्वाही किन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell