PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिफा वरीयतामा नेपाल चार स्थान तल



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल चार स्थान तल

फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६१औं स्थानमा थियो।

समग्रमा चार स्थान तल झरेको नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०१औं स्थानमा छ। यस्तै माल्दिभ्स १५१औं स्थानमा छ।

बंगलादेश १८३औं, भुटान १८६औं, श्रीलंका २०१औं र पाकिस्तान २०५औं स्थानमा छ।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ। यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत छन्। केही दिनअघि मात्र युइएफए नेशन्स लिग जितेको पोर्चुगल दुई स्थान सुधार गर्दै पाँचौमा उक्लेको छ। क्रोएसिया एक स्थान तल झर्दा छैटौं स्थानमा छ। दुई स्थान नै फड्को मारेको स्पेन सातौँ स्थानमा छ। दुई स्थान झरेको उरुग्वे आठौं, एक स्थान तल झरेको स्वीट्जरल्याण्ड नवौं स्थानमा छ भने डेनमार्क दशौँ स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell