PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जुडो खेलाडी मनितालाई थाइल्याण्डमा कास्य पदक



पहिलोपोस्ट

जुडो खेलाडी मनितालाई थाइल्याण्डमा कास्य पदक

नेपाली जुडो खेलाडी मनिता श्रेष्ठले प्रथानले थाइल्याण्डमा कास्य पदक जितेकी छिन्।

यही जुन १५-१६ मा थाइल्याण्डको चियाङग माई मा भएको थाइल्याण्ड इन्टरनेशनल जुडो नर्थ बैँकक युनिभर्सिटी च्याम्पियनसिप-२०१९ मा मनिताले आफ्नो तौल समूह ५७ केजीमूनी पदक जितेकी हुन्।

उनले प्रथम बाउटमा बाई पाई दोस्रो राउण्डमा स्थान बनाएकी थिइन। जहाँ मनिता भियतनामकी खेलाडीसँग २ वटा वाजारीमा पराजित भईन्। तर उनले रिप्याचरको लागि खेल्न पाइन् र  पदकको सम्भावना लागि खेल्ने अवसर पाइन्। रिप्याचरमा चीनकी खेलाडीलाई सिमेवाजामा पराजित गरिन् र कास्य पदकको लागि हङ्गकङ्गको खेलाडीलाई २ वटा वाजारीमा पराजित गर्दै कास्य पदक हासिल गरिन्।

यस्तै यही जुन ११ देखि १६ सम्म नेपालको तर्फबाट आइएफजे कन्टिनेन्टल रेफ्री सेमिनार तथा एक्जमिनेसनमा सहभागि भई रेफ्रि परीक्षा दिएका २ जना राष्ट्रिय रेफ्री देबु थापा र मोहन सुनुवारले उक्त परीक्षा पास गरेका छन्। उक्त रेफ्रि परीक्षामा नेपालसहित २१ राष्ट्रका ३७ जनाले परीक्षा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell