PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोपा अमेरिकाः उरुग्वेविरुद्ध जापानको उत्कृष्ट प्रदर्शन, कोजीले दुई पटक अग्रता दिलाए पनि जापानले जित्न सकेन



पहिलोपोस्ट

कोपा अमेरिकाः उरुग्वेविरुद्ध जापानको उत्कृष्ट प्रदर्शन, कोजीले दुई पटक अग्रता दिलाए पनि जापानले जित्न सकेन

ब्राजिलमा भइरहेको कोपा अमेरिका २०१९ अन्तर्गत समूहको दोस्रो खेलमा एसियाली राष्ट्र जापानले उरुग्वेसँग उत्कृष्ट प्रदर्शन गरेको छ।

अघिल्लो खेलमा साविक विजेता चिलीसँग ४-० ले पराजित भए पनि जापानको युवा टोलीले १५ पटकको च्याम्पियन उरुग्वेसँग भने बराबरी खेल्दै अंक खोसेको छ।

समूह सी अन्तर्गत एरेना डे ग्रेमिओमा शुक्रबार बिहान सम्पन्न खेलमा जापानले उरुग्वेसंग २-२ को बराबरी खेलेको हो। जापानको लागि कोजी मियोसीले दुई गोल गरे। उरुग्वेका लागि लुइस सुआरेज र जोस जिमिनेजले १-१ गोल गरे।

खेलको २५औँ मिनेटमै कोजीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर ३२औँ मिनेटमा सुआरेजले पेनाल्टीमा बराबरी गोल फर्काए। ५९औँ मिनेटमा कोजीले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले दोस्रो पटक अग्रता लिएको थियो। तर त्यसलाई कायम राख्न नसक्दा जित हात पार्न सकेन।

उरुग्वेका लागि जोस जिमिनेजले ६६औँ मिनेटमा बराबरी गोल फर्काए।

बराबरीपछि २ खेलबाट ४ अङ्क जोडेको उरुग्वे समूह सी'को शीर्ष स्थानमा छ। एक खेलमात्र खेलेको चिली ३ अंकसहित दोस्रोमा छ भने १ अंक जोडेको जापान तेस्रोमा छ। समूहमा इक्वेडर अंकविहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell