PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

कोपा अमेरिका : ब्राजिल र भेनेजुएला क्वाटरफाइनलमा, पाँच गोलले हारेपछि पेरुले कुर्नुपर्ने



पहिलोपोस्ट

कोपा अमेरिका : ब्राजिल र भेनेजुएला क्वाटरफाइनलमा, पाँच गोलले हारेपछि पेरुले कुर्नुपर्ने

घरेलु टोली ब्राजिल समूह ए मा लगातार तीन खेल जित्दै कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतवार बिहान भएको समूहको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको हो।

दोस्रो जितपछि ब्राजिल ७ अंक जोड्दै समूह ए को विजेता बनेको हो। यस्तै बोलिभियालाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको भेनेजुएला भने ५ अंक जोड्दै उपविजेता बन्यो। ब्राजिलसंग फराकिलो हार बेहोरेको पेरु ४ अंकका सात तेस्रो स्थानमा छ।

तीन समूह मध्ये तेस्रो हुने उत्कृष्ट दुई टोली पनि क्वाटरफाइनल पुग्ने भएकाले पेरुले भने अझै अन्य समूहको खेलको नतिजा कुर्नुपर्नेछ।

एरेना कोरिन्थिएन्समा भएको खेलमा ब्राजिलका लागि कासेमिरो, रोवर्टो फिर्मिनो, एभरटन, कप्तान डानी अल्भेज र विलियाले एक-एक गोल गरे। गाब्रीउल जेससले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न सकेनन्।

उता यसअघि दुई खेल बराबरी खेलेको भेनेजुएलालाई जिताउन डार्विन माचिसले दुई तथा जोसेफ मार्टिनेजले एक गोल गरे। बोलिभयाका लागि लिओनेल जस्टिएनोले एक गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell