PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भोलि सकिँदै राखेपका सदस्य सचिव विष्टको कार्यकाल, भन्छन्, 'पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु'



भोलि सकिँदै राखेपका सदस्य सचिव विष्टको कार्यकाल, भन्छन्, 'पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु'

काठमाडौं: राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन्।

सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन्।

रिपोर्टर्स क्लबमा आज आयोजित विशेष साक्षात्कारमा सदस्य सचिव विष्टले क्यान निलम्बन फुकुवा हुने दावी गरेका हुन्।

भोलि कार्यकाल सकिँदै गरेका विष्टले आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आइसिसीको हेड क्वार्टरमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए। क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए। क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ।

विष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहेको दावी गरे। विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर १ देखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ। प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए।

डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ।  “संरचना निर्माण धमाधम भइरहेको छ। नीतिगत समस्या केही छैन। बजेटका विषयमा अध्ययन भइरहेको छ। अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ। हुँदैका कि भन्ने आशंका नगर्नुस।” उनले भने।

धुर्मुस सुन्तलीले रंगशाला बनाउँने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए। सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे।

सम्बन्धित समाचार

'क्यान निलम्बन हुनु मेरो कार्यकालको सबैभन्दा दु:खद् क्षण'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell