PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बिच भलिबल : मान बहादुर र दिलको जोडी च्याम्पियन, महिलातर्फ विनिता र नेविकाको जोडीले जिते उपाधि



पहिलोपोस्ट

बिच भलिबल : मान बहादुर र दिलको जोडी च्याम्पियन, महिलातर्फ विनिता र नेविकाको जोडीले जिते उपाधि

पोखरा : पोखरामा भएको राष्ट्रिय बिच भलिबलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ च्याम्पियन भएको छ।

सोमवार भएको सातौं पुरुष बिच भलिबलको उपाधि आर्मीको ‘ए’ का मान बहादुर श्रेष्ठ र दिल कुमार सुनारले जिते। यस्तै छैटौं महिला बिच भलिबलको उपाधि एपीएफका विनि बुढाथोकी र नेविक चौधरीको जोडीले जितेका छन्।

आर्मीले गण्डकी प्रदेश ‘बि’ टिमका राजु बिक र अर्जुन दर्लामी मगरलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित गरेका हुन्। पहिलो सेटमा आर्मीले २१–१६ ले जितेपनि दोश्रो सेटमा गण्डकीले पुनरागमन गर्दै २१–१८ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो तथा निर्णायक सेट १८–१६ ले जित्दै आर्मीले खेल २-१ ले जितेको हो।

यस्तै महिलातर्फ एपिएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले फाइनलमा नेपाल पुलिस ‘ए’ टिमका निता शाह र कोपिला उप्रेतीको जोडी लाई २१–१३, २१–१३ को सेटमा हराउँदै उपाधी जितेका हुन्।

च्याम्पियन भएको टिमले नगद ३०-३० हजार र ट्रफी पाए। यस्तै  दोश्रोले २० र तेश्रो हुनेले १० हजार प्राप्त गरे।

प्रतियोगितामा एपीएफ ए टिमकी खेलाडी बिनिता बुढाथोकी र पुरुष तर्फ नेपाल आर्मी ए टिम दिल कुमार सुनार उत्कृष्ट खेलाडी घोषित भए। दुवैले ३/३ हजार प्राप्त गरे।

राष्ट्रिय टोलीको क्याम्पमा नपरेपछि पुरुष र महिलामा दुवैमा यसअघि राष्ट्रिय टिमबाट खेलिसककेा खेलाडीहरु नै हावी बने। मान बहादुर एभिसी सेन्ट्रल जोनको बन्द प्रशिक्षणमा पर्न असफल भएपछि बिच भलिबल खेल्न गएका थिए। 

यस्तै यसअघि महिला राष्ट्रिय टोलीको कप्तान रहेकी विनिता संगै नेविका चौधरी, कोपिल उप्रतेी र मनिषा चौधरीले पनि महिला टिमको प्रारम्भिक सूचीमै नपरेपछि बिच भलिबल खेलेका हुन्।

प्रतियोगितामा महिला र पुरुष तर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमका ६/६ जना खेलाडीहरु नेपालमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) र मालदिभ्समा हुने एशियन सेन्ट्र जोन बिच भलिबलका लागि छनौटमा परेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष एवम खेलाडी छनौट समितीका संयोजक याम बहादुर गुरुङले जानकारी दिएका छन्। उनीहरुको बन्द प्रशिक्षण पछि अन्तिम छनौटमा महिला र पुरुष तर्फ ४/४ जना खेलाडी छनौट गरिने उनले बताए।

कास्की जिल्ला भलिबल संघको आयोजनामा यहि असार ५ गते बाट शुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीयसहित १७ पुरुष र १४ महिला टिम गरि कुल ३१ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell